Comments Add Comment

बक्षस्थलकाे अाकार घटाएपनि छोपिनन् १८ बर्षिय एरियलले सर्जरीको मार्क

aieral
मोर्डन फ्यामेली स्टार एरियल विन्टरले १७ बर्षकै उमेरमा बक्षस्थलको सर्जरी गराइन् । हालै मात्र आयोजना भएको एक अवार्ड समारोहमा पुगेकी यी सुन्दरीले बक्षस्थल सर्जरीको मार्क लुकाउन सकिनन् ।

उनले लगाएको पहिरन जती सुन्दर थियो, त्यसको भन्दा धेरै आलोचना उनले छोप्न नसकेको बक्षस्थल सर्जरीको मार्कको भयो । तर, उनले यो कुराले आफूलाई अचम्मित नबनाएको बताएकी छिन् ।

उनले सामाजिक संजालमा लेख्दै यसलाई आफ्नो शरीरको एउटा भाग भएको भन्दै पहिरनले नछोपेको उल्लेख गरेकी छिन् । बिहिबारबाट १८ बर्षमा प्रवेश गरेकी एरियलले आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।

१८ बर्ष नपुग्दै बक्षस्थलको आकार बढेपछि उनले सर्जरी गरेर केही घटाएकी थिइन् । उनले भनिन्-‘५ फिटकी यूवतीका लागि ठूलो बक्षस्थल अस्वभाविक र पीडादायिक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment