Comments Add Comment

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

२२ माघ, भीमदत्तनगर । भारतको दिल्लीबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बसको ठक्करबाट  एकजनाको मृत्यु भएको छ । 

ना५ख ५१०० नंको महाकाली सेती यातायात समितिको बसले भारतीय सीमावर्ती बजार वनबासा क्षेत्रमा ठक्कर दिँदा दैलेखका ५२ वर्षीय प्रेम दमार्इंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

बसको ठक्करबाट पैदल हिँडिरहेका दमार्इंको मृत्यु भएको र शव भारतमा परीक्षणपछि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा राखिएको जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले बताए । महाकाली यातायातले केही दिनअघि मात्रै भीमदत्तनगर–दिल्ली बस सेवा सञ्चालनमा ल्याएको होे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment