Comments Add Comment

तेह्र वर्षपछि गाविस कार्यालय पुनःस्थापना

myagdi२२ माघ, म्याग्दी । द्वन्द्वका समयमा विस्थापित भएको म्याग्दीको भकिम्ली गाविसको कार्यालय १३ वर्षपछि पुनःस्थापना भएको छ ।

द्वन्द्वका समयमा विसं २०५९ मा विस्थापित भएको गाविस कार्यालय यसै महिनादेखि गाउँँबाटै सञ्चालन हुन थालेको हो । गाविसका सबै गतिविधि अबदेखि गाउँँबाटै सञ्चालन हुने भकिम्ली गाविसका सचिव शिव शर्माले बताए ।

यसअघि गाविसको बैठक, सामाजिक सुरक्षा भत्ता वितरण र विशेष कार्यक्रमबाहेकको अवस्थामा सदरमुकाममा रहेको भाडाको कोठाबाट गाविसको कामकाज सञ्चालन हुने गरेको थियो । 

कार्यालय पुनःस्थापना नहुँदा भकिम्ली–५ मा आव ०६६÷६७ मा रु २३ लाख ८० हजारको लगानीमा निर्माण भएको छकोठे कार्यालय भवन प्रयोगविहीन अवस्थामा थियो । भवनको सामान्य मर्मत र व्यवस्थापनपछि प्रयोगमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment