Comments Add Comment

कांग्रेस जिल्ला सम्मेलन आज

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसको १३औँ महाधिवेशनका लागि आज नयाँ नेतृत्व चयन गर्न जिल्ला अधिवेशन हुँदैछ ।

Congress-Flagजिल्लामा नेतृत्व चयनका लागि संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

आजका लागि सबै जिल्लामा अधिवेशनको मिति तय गरिएको भएपनि केही जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न हुन नसकेका कारण ६५ जिल्लामा मात्र अधिवेशन हुने भएको छ ।

कांग्रेस भित्रको विवादका कारण निर्धारित समयमै प्रारम्भिक तहका अधिवेशन हुन नसक्दा र तराईका जिल्लामा मधेस केन्द्रित दलहरुको अवरोधका कारण ७५ वटै जिल्ल्ाामा अधिवेशन हुन नसकेको हो ।

कांग्रेसको १३औं महाधिवेशन फागुन २० देखि २३ सम्म काठमाडौंमा हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment