Comments Add Comment

नरहरि आचार्यलाई पक्षघात, गंगालालबाट न्युरोमा सारियो

narahari acharya

२६ माघ काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यलाई पक्षघात भएको छ । कांग्रेस सभापति सुशील कोइरालाको निधन भएपछि उनको निवास पुगेका आचार्य त्यहीँ बेहोस भएका थिए ।

कोइरालाको पार्थिव शरीरमा श्रद्धान्जली दिएर बाहिर निस्कने क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । त्यही क्रममा उनलाई पक्षघात भएको थियो ।

उनलाई सँगै रहेका कांग्रेस सांसद भीमसेन दासले समाएका थिए । भित्र लगेपछि अचार्यले हातले इसारा गरेर आफूलाई गाह्रो भएको भन्दै अस्पताल लैजान आग्रह गरे ।

लगत्तै शहीद गंगालाल अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँबाट अहिले न्यूरो अस्पताल लगेर उपचार गरिएको छ । प्रधानले अनलाइनखबरसँग भने- गाडीमा राख्ने क्रममा नै उहाँको हात र खुट्टा चलाउन गाह्रो भएको थियो ।’

अस्पताल पुगेर चेक गर्दा उनको रक्तचाप २२०/१३० थियो । चिकित्सकहरुका अनुसार उनको मस्तिस्कको दायाँ भागमा रगत देखिएको छ ।

आचार्यको दायाँ भाग ‘प्यालाराइज्ड’ भएको छ । कांग्रेस नेता प्रधानले भने-डाक्टरहरुले रिकभर हुन्छ भनेका छन् । तर, समय लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment