Comments Add Comment

अन्ततः याहु बिक्रिमा !

yahoo

बजारमा टिक्न संर्घष गरिरहेको कुनै बेलाको इन्टरनेट दुनियाँको सवैभन्दा ठूलो कम्पनी याहुले अन्ततः आफुलाई बिक्रिमा राखेको छ ।

गुगल र फेसबुकको उदयसँगै आफ्नो बजार हिस्सा गुमाउँदै गएको याहुले कम्पनीको पुरानो हिस्सा कायम राख्न केही बर्ष पहिले गुगलकी उच्च तहकी कर्मचारी मारिसा मेयरलाई प्रमुख कार्यकारी अधिकृत बनाएर ल्याएको थियो ।

तर, मारिसाको अथक प्रयत्नका विच याहुले कुनै पनि श्रेणीमा आफुलाई अब्बल सावित गर्न नसकेपछि कम्पनी बोर्डले गत साता कम्पनी बिक्रि गर्न तयार रहेको घोषणा गरेको थियो ।

याहुको यो घोषणासँगै अमेरिकाका ठूला कम्पनीहरु याहुको बहुमत वा पुरै सेयर खरिद गर्न अग्रसर देखिएका छन् ।

यसैक्रममा अमेरिकी टेलिकम कम्पनी भेरिजोनले याहु खरिद गर्न अनौपचारिक कुराकानी गरिरहेको बिजनेस पोर्टल ब्लुमबर्गले जनाएको छ । भेरिजोन अन्र्तगतको कम्पनी एओएलका प्रमुख कार्यकारी अधिकृत टीम आर्मस्ट्रङले खरिदबारे याहुसँग कुरा गरिरहेको समाचारमा दावी गरिएको छ ।

भेरिजोनले आफ्नो भिडियो बिजनेसलाई याहुका एक अर्ब इमेल प्रयोगकर्तामाझ पुर्‍याउने रणनीतिसहित याहु खरिदको प्रस्ताव गरेको बताइएको छ ।

गुगलको युट्युव र हालै फेसबुकको सुरु गरेको भिडियो सर्भिसका कारण आफ्नो बजारमा संकुचन आउने खतरा देखेको भेरिजोनले याहु खरिद बजार सुरक्षित गर्न चाहेको बताइएको छ । डिल औपचारिक चरणमा प्रवेश नगरेको हुँदा दुवै पक्षले यसबारे बोल्न अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment