Comments Add Comment

कांग्रेस काठमाडौंको अधिवेशन आगामी मंगलबार र बुधबार हुने

२ फागुन, काठमाडौं । नेपाली काँग्रेसको काठमाडौं जिल्ला अधिवेशन आगामी फागुन ४ र ५ गते हुने भएको छ ।

कांग्रेस काठमाडौँका सभापति, निर्वाचन अधिकृत र क्षेत्रीय सभापतिसहित आइतबार बसेको बैठकले निर्वाचनको प्रक्रिया फागुन ४ गतेबाट थालिने र मतदान ५ गते गर्ने निर्णय गरेको हो ।

कांग्रेस काठमाडौँका निर्वाचन अधिकृत श्यामराज ढुङ्गेलले फागुन ४ गते उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन गर्ने र ५ गते बिहान ८ बजेदेखि १२ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको बताए ।

माघ २६ मा हुने भनिएको जिल्ला अधिवेशन केन्द्रीय सभापति सुशील कोइरालाको निधन भएपछि स्थगित भएको थियो । काठमाडौंको जिल्ला अधिवेशनमा एक हजार २७३ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment