Comments Add Comment

अब काठमाडौं र लुम्बिनीको सडकमा ‘स्मार्ट’ रिक्सा !

new-smat-riksa-1
६ फागुन, काठमाडौं । मोबाइल फोनको डिजाइन धेरै परिर्वतन भइसक्यो । अब त हरेक महिना जस्तो नयाँ नयाँ मोडल सार्वजनिक हुन्छ । कार, बस र मोटरसाइकलको पनि डिजाइनमा परिवर्तन गरेर नयाँ प्रविधि भित्र्याइएको छ । तर, रिक्साको डिजाइनमा कुनै परिर्वतन भएको छैन ।

हिजो जे थियो, त्यही छ । छोटो दुरीको यात्राका लागि उपुयक्त भएपनि रिक्साको डिजाइन परिवर्तनमा कसैले पनि लगानी गर्न चाहँदैनन् ।

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा परम्परागत रिक्साको विकल्पमा नयाँ प्रविधिमा आधारित गेयरसहितको रिक्सा तयार भएको छ र, यो अब छिट्टै नेपालमा पनि भित्रने भएको छ ।

एडीबीमार्फत एक अमेरिकी सवारी निर्माता कम्पनीले नेपालका लागि आधुनिक किसिमको स्मार्ट रिक्साको डिजाइन तयार गरेको छ । यो डिजाइनलाई ६ महिनाभित्र अन्तिम रुप दिएर टेण्डर गर्ने एडीबीको तयारी छ ।

एडीबीले ‘पाइलट प्राेजेक्ट’का  रूपमा पहिलो चरणमा ६० वटा आधुनिक प्रविधिको रिक्सा नेपाल ल्याउन योजना बनाएको छ । जसमध्ये मध्ये ३० वटा काठमाडौं र ३० वटा लुम्बिनीका सडकमा गुडाइनेछ । यो रिक्सा हेर्दा आकर्षक, चलाउन सजिलो, चढ्न आरमदायी र किफायती हुने कम्पनीको दाबी छ ।

सवारी निर्माता कम्पनीहरुले कार, मोटरसाकल बस लगायतका डिजाइनमा परिवर्तन गरेर नयाँ प्रविधि भित्र्याएपनि रिक्सामा नयाँ प्रविधि नआएकाले एडीबीले स्मार्ट रिक्सा नेपाल ल्याउन लागेको टिम लिटर स्क्रोडरले बताए ।

‘विकासशील देशमा रिक्सा छोटो दुरीका लागि प्रभावकारी सार्वजनिक यातायात हो । तर, यसमा नयाँ प्रविधिहरु नआएकाले हामीले नयाँ योजना तयार पारेका हौं’ उनले भने ।

कम्पनीका एक अधिकारीले भने  ‘रिक्सालाई स्मार्ट फोन जस्तो हेरक तवरमा उत्कृष्ट बनाउन सकिन्छ । त्यसैका लागि हामीले काम गरेका हौं ।’

कस्तो हुन्छ अमेरिकी रिक्सा

यो रिक्सामा पाइडल र इलेक्टि्रक ब्याट्री दुबै जडान गरिएको हुन्छ । अहिले नेपालमा गुड्ने रिक्सा स्टीलको प्रयोगबाट बन्ने गरेका छन् ।

2
by Catapult Design
on Sketchfab

अब एडीबीले डिजाइन गरेको रिक्सा आल्मुनियम र कार्बन फाइबरबाट बनेको हुनेछ, जसका कारण यो हलुका हुने भएकाले यसलाई चलाउँदा चाकले ठूलो बल लगाउनुपर्दैन । उकालो र ठूलो लोड भएका बेला भने इलेक्ट्रक ब्याटि्रको सहयोग लिन सकिने एबीसी डट नेटले जनाएको छ ।

यो रिक्साको कार्यक्षमता धेरै भएकाले चालकले अहिलेभन्दा भन्दा धेरै यात्रु पाएर अधिकतम् आर्जन गर्न सक्नेमा एडीबी विश्वस्त छ ।

जानकारी छैनः यातायात विभाग

एडीबीले नेपालमा रिक्साको स्तरउन्नतीको लागि छुट्टै योजना बनाएर काम गरिरहेपनि सरकार भने यसमा बेखबर छ ।

यातायात व्यवस्था विभागले भने एडीबीको योजनामा अनविज्ञता जनाएको छ । ‘अहिलेसम्म एडीबीबाट त्यस्तो जानकारी आएको छैन’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment