Comments Add Comment

विराटनगरमा निःशुल्क डायलासिस सेवा सुरु

kidney-dialysis-Free-Service-at-Biratnagar

९ फागुन, विराटनगर । मिर्गौला रोग लागेर डायलासिस गराउनु पर्ने विपन्न बिरामीका लागि विराटनगरमा निःशुल्क उपचार सेवा सुरु भएको छ ।

राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रले पाँचवटा डायलासिस मेसिनसहितको सेवा सुरु गरेको हो । रोटरी क्लबले रामलाल गोल्छा आँखा अस्पतालको हाताभित्र निर्माण गरिदिएको भवनमा उपचार सुरु भएको हो ।

विराटनगरमा नै मिर्गौला रोग लागेर डायलासिस गराउनु पर्ने बिरामीहरुलाई उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता अब हटेको छ ।

जेष्ठ नागरिकलाई पनि निःशुल्क

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सिफारिस गरेका आधारमा केन्द्रले विपन्नलाई निःशुल्क सेवा प्रदान गर्ने छ । त्यसैगरी ७५ वर्षभन्दा माथिका ज्येष्ठ नगारिकले पनि निःशुल्क सेवा प्राप्त गर्ने छन् ।

केन्द्रका कार्यकारी निर्देशक मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले एक सयभन्दा धेरैको मिर्गौला परीक्षण र आवश्यक परामर्श दिँदै सेवा शुभारम्भ गरे । दमौली र चितवनमा पनि यस्तै सेवा दिइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment