Comments Add Comment

महाधिवेशनको मेनुः मासुभात पार्टीबाटै, रक्सी चाहिए आफ्नै खल्तीबाट !

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३अाैं महाधिवेशनको मेनु सार्वजनिक भएको छ । मेनुअनुसार प्रतिनिधिहरुले विहीबार बेलुकादेखि ९ छाकसम्म कुखुरा र खसीको मासुसहित दालभात खान पाउनेछन् । दुई छाक माछाको व्यवस्था गरिएको छ । तर, रक्सी खान चाहनेले आफ्नै खल्तीको पैसा खर्च गर्नुपर्नेछ ।

Menu Book of Congress

महाधिवेशनमा ३ हजार २ सय प्रतिनिधिहरु सहभागी हुने कांग्रेसले जनाएको छ । भोजन तथा आवास समितिले बुधबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी महाधिवेशन प्रतिनिधि र स्वयंसेवक गरी करिब ३ हजार ५ सय जनालाई बन्दसत्र स्थल भृकुटीमण्डपमा खाजा तथा खाना खुवाउने व्यवस्था मिलाइएको बताएको छ ।

होटलमा बस्नेहरुका लागि सादा भात, दाल फ्राई, साग, अचार र दुई थरी सिजनेबल तरकारीको व्यवस्था गरिएको छ । त्यसमा कुखुरा र खसीको दुईथरि मासु पनि रहनेछ ।

महाधिवेशन प्रतिनिधिहरुलाई विहीबार बेलुकादेखि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपमा सञ्चालन हुने मेसमा गरिनेछ । उनीहरुलाई २० गते बेलुकादेखि भोजन दिइनेछ, जसमा सादा खाना र मासुभात दुबै व्यवस्था छ ।

महाधिवेशन अवधिभर अर्थात पाँच दिनको बसाइमा दुई छाक माछासमेत खुवाइने भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक बलबहादुर केसीले जानकारी दिए ।

खाना खाइसकेपछि ‘डेजर्ट’का रुपमा लालमोहन, दही, जेरी र गाजरको हलुवाको व्यवस्था गरिएको छ ।

एकछाक खानाको मूल्य करिब ५ सय रुपैयाँ पुग्ने समितिको अनुमान छ । कांग्रेसले भोजनमा मात्रै एक करोड २ लाख ८६ हजार २ सय ५० रुपैयाँ खर्च हुने अनुमान गरेको छ । यसैगरी आवासमा झण्डै १ करोड खर्च हुने अनुमान गरिएको समितिले जनाएको छ ।

समितिले महाधिवेशन प्रतिनिधिहरुलाई चार दिन बिहानको खाजामा अण्डा नछुटाउने समितिका संयोजक केसीले बताए । संयोजक केसीले महाधिवेशन प्रतिनिधिहरुलाई खाना खुवाउनु पहिले हरेक दिन चिकित्सकहरुबाट जाँच गर्ने व्यवस्था मिलाइएको बताए ।

महाधिवेशन प्रतिनिधिहरुले होटलमा बस्दा साँझ एक बोत्तल पानी र बिहान एक कप चिया पाउनेछन् । संयोजक केसीले मदिरा र अन्य खर्च भने महाधिवेशन प्रतिनिधिहरु आफैंले व्यहोर्नुपर्ने केसीले बताए ।

यो पनि पढ्नुस्

कुन जिल्लाका कांग्रेस नेता कुन होटलमा ? (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment