+
+
Shares

कुन जिल्लाका कांग्रेस नेता कुन होटलमा ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १९ गते १७:३२

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुको बासका लागि काठमाडौंका १२७ होटल बुकिङ गरेको छ । ती होटलमा १२४१ वटा कोठाहरु बुक गरिएको छ, जसमा ३२९७ बेडहरु छन् ।

आवास तथा भोजन व्यवस्थापन समितिका संगोजक बलबहादुर केसीका अनुसार गौशाला, सुन्धारा, ठमेल र बागबजारका होटलहरु बुक गरिएको छ । धेरै होटलहरु रहेको नयाँ बसपार्क महाधिवेशनस्थलबाट अलि टाढा पर्ने भएकाले त्यहाँका होटल बुकिङ गरिएका छैनन् ।

नेता-कार्यकर्ताहरुका लागि गौशालामा ५२, सुन्धारामा २७, ठमेलमा २६ र बागबजारमा १८ वटा होटलहरु बुक भएका छन् । ती होटलहरुमा १ हजार २ सय ४१ कोठामा ३ हजार २ सय ९७ बेडको व्यवस्था गरिएको समिति संयोजक केसीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।

उपत्यकाका प्रतिनिधिहरुलाई भने आवास सुविधा उपलब्ध गराइने छैन । काठमाडौं, ललितपुर र भक्तपुरका प्रतिनिधिहरु आफ्नै व्यक्तिगत व्यवस्थापनमा महाधिवेशनमा सहभागी बन्नेछन् ।

कुन जिल्लाका कहाँ बस्दैछन् ?

सुन्धाराका विभिन्न होटलमा दाङ, हुम्ला, कपिलवस्तु, सप्तरी, मकवानपुर, डोटी, रौतहट, पर्वत, पर्सा, वैतडी, कञ्चनपुर, कपिलवस्तु, सुर्खेत, कैलाली, कालीकोट, जुम्ला, मुगु, डोल्पा, दैलेख, बझाङ, जाजरकोट, बाजुरा, अछाम, सल्यान, प्युठान, राल्पा, दार्चुला, डडेलधुरा, बारा, बर्दिया र बाँकेका प्रतिनिधिलाई बस्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी ठमेलका होटलमा नुवाकोट, धादिङ, चितवन, रुपन्देही, काभ्रे, सिन्धुपाल्चोक, गोरखा, तनहुँ, लमजुङ, कास्की, रसुवा, बाग्लुङ मनाङ, म्याग्दी, स्याङजा, मुस्ताङ, पाल्पा अर्घाखाँची, नवलपरासी, पाँचथर, गुल्मी, रुकुम, बर्दिया र दोलखाका प्रतिनिधिलाई राखिनेभएको छ ।

गौशालाका होटलमा ताप्लेजुङ, झापा, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, मोरङ, सुनसरी, सिराहा, उदयपुर, धनुषा, ओखलढुंगा, सिन्धुली, रामेछाप र महोत्तरीका प्रतिनिधिहरु बास बस्ने छन् । बागबजारमा सोलुखुम्बुका प्रतिनिधि र स्वयंसेवकहरु बस्ने व्यवस्था मिलाइएको छ ।

यो पनि पढ्नुस्

महाधिवेशनको मेनुः मासुभात पार्टीबाटै, रक्सी चाहिए आफ्नै खल्तीबाट !

महाधिवेशन प्रतिनिधि बस्ने होटलको विवरण

010203

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?