+
+
Shares

रामचन्द्र पौडेलले भने-कहिले काँही त आत्महत्या गरौं जस्तो लाग्छ (अडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २० गते १७:४८

ram chandra Paudel

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले राजनीति गर्नेहरुको आलोचना हुने गरेको भन्दै कहिले काँही त आत्महत्या गरौं जस्तो लागेको बताएका छन् ।

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा समापन मन्तव्य व्यक्त गर्दै पौडेलले राजनीतिप्रति जनतामा विश्वास जगाउनुपर्ने र नेताहरु सदाचारी हुनुपर्ने बताए । खुल्लामञ्चमा भाषण गर्दै पौडेलले भने-‘कहिलेकाँही मिडिया र सामाजिक सञ्जालमा राजनीति गर्नेहरुलाई गाली गरेको सुन्दा मलाई आत्महत्या गरौंजस्तो लाग्छ ।’

नेताहरुले अब अरुको निन्दा हैन, आत्मालोचना गरेर आफूमा परिवर्तन हुनुपर्ने पौडेलले बताए । ‘हामी राजनीतिमा किन छौं ? के यो पेशा हो ? व्यापार हो ?’ पौडेलले भने- राजनीति भनेको छ देशको सेवा हो ।’

खुल्लामञ्चमा देखिएको विशाल उपस्थितिले कांग्रेसको महत्व दर्शाएको पौडेलले बताए । तेह्रौं महाधिवेशनले कांग्रेसको भावी कार्यदिशा के हुने भन्नेबारे विश्लेषण गर्नैपर्ने पौडेलले बताए ।

सुशीलको नेतृत्वमा संविधान आएको बताउँदै पौडेलले अब संविधानको कार्यान्वयन गर्दा प्रजातान्त्रिक समाजवाद साकार हुने बताए । उनले भने, ‘अब भारत र दुनियाँले देख्नेछन्, हिमालको फेदमा कस्तो समाज बन्यो ?अब संविधान कार्यान्वयन कांग्रेसले गर्छ ।’

संविधान बनेपछि पनि केही गलतफहमी भएको भन्दै पौडेलले मधेसमा रहेको असन्तुष्टिलाई फेरि पनि संविधान संशोधनमार्फत् सम्बोधन गर्न सकिने बताए ।

‘नाकाबन्दीलाई अलिकति सहज गराएका छौं, मधेसी मोर्चाका साथीहरुले आन्दोलनको तयारीमा छौं भनिरहेका छन्,’ पौडेलले भने- ‘असन्तुष्टि मिलाएर लान तयार छौं । संशोधन बाँकी छ भने पूरा गर्न तयार छौं । अब आर्थिक क्रान्ति गर्नुछ । नेपाललाई सम्वृद्ध बनाउनु छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?