Comments Add Comment

उपल्लो मुस्ताङमा हिमपात, पोखरामा वर्षा

१४ चैत, पोखरा । लामो समयपछि उपल्लो मुस्ताङमा हिमपात भएको छ भने पोखरामा पानी परेको छ । उपल्लो मुस्ताङका मुक्तिनाथ र झोङ गाविसमा अपराह्न ३ बजेदेखि लगभग तीन घण्टा हिमपात भएको छ ।

हिमपातसँगै मुक्तिनाथ र झोङ गाविसका डाँडाहरू सेताम्य बनेको जनप्रीय युवा क्लब मुस्ताङका अध्यक्ष एवम् होटल ग्रान्ड साम्बालाका प्रोपाइटर सुरज गुरुङले जानकारी दिए ।

पछिल्ला दिनमा भारतीय पर्यटकका साथै नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पनि मुक्तिनाथ क्षेत्रमा आउने क्रम बढेको छ ।

पर्यटकीय स्थल पोखरामा भने हावाहुरीसहित केही समय पानी परेको छ । लामो समयदेखि पानी नपर्दा पोखरा र आसपासका क्षेत्रमा तुवाँलोले ढाक्दै गएकामा पानी परेसँगै तुवाँलो फाटेर गएको पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले बताए ।

केही दिनयता बाक्लिदै गएको तुवाँलोका कारण पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आएका पर्यटक त्यसको प्रत्यक्ष मारमा परेका थिए । तुवाँलोका कारण दैनिक लगभग १५० को सङ्ख्यामा उड्ने गरेका प्याराग्लाइडिङ दुई-चार दिनयता लगभग ४० को सङ्ख्यामा मात्र उडेको नेपाल हवाई खेलकुद संस्थाका कावा अध्यक्ष सोभियत बानियाँले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment