Comments Add Comment

अर्जेन्टिनाका जितमा मेस्सीको ५० औं गोल

Messi

१७ चैत, काठमाडौं । लिओनल मेस्सीको ५० औं अन्तराष्ट्रिय गोलको मदतमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ ।

विश्वकप छनोट अन्तरगतको खेलमा अर्जेन्टिनाले बोलिभियालाई २-० ले पराजित गरेको हो । जितसँगै अर्जेन्टिना ११ अंकका साथ तेस्रो स्थानमा छ र लिडर उरुग्वे र दोस्रो स्थानमा रहेको इक्वेडरभन्दा समान २ अंक पछाडि छ ।

अर्जेन्टिनाले २१ औं मिनेटमा डिफेण्डर गेब्रियल मकार्डोको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा बानेगालाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो, जसमा मेस्सीले सहजै गोल गरे ।

अर्जेन्टिनाका लागि मेस्सीको यो ५० औं गोल हो । र, उनी ग्रेबि्रयल बाटिस्टिटाको रेकर्ड भन्दा मात्र ६ गोलले पछि छन् । बाटिस्टिटाले ५६ गोल गरेका छन् ।

गोलपछि मेस्सीले भनेका छन्, म ५० औं गोलप्रति खुसी छन् । तर, त्यो भन्दा जितमा खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment