Comments Add Comment

सिंघानिया हत्याकाण्डमा निलम्बित सांसद साह मुछिए

२३ चैत, काठमाडौं । सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्यामा निलम्बित सांसद सञ्जय साह पनि मुछिएका छन् । सिंघानिया हत्यामा संलग्न चन्द्रदिप यादवले प्रहरीलाई दिएको बयानमा साहसँगै सदभावना पार्टीका नेता रामविनोद यादवको समेत नाम लिएका छन् ।

sanjya-Saha-taklaचन्द्रदिपको बयानपछि निलम्बित सांसद साहलाई सोमबार राति काठमाडौंबाट प्रहरीले धनुषा लगेको छ । दोस्रो संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित साह जनकपुर बमकाण्डका मुख्य योजनाकार रहेको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा छन् ।

सदभावना केन्द्रीय सदस्य रामविनोद भने हाल फरार छन् ।  उनलाई सिंघानियाको हत्याका लागि १० लाख रुपैयाँ दिँदै कन्ट्राक्ट किलर खोजिदिन भनेको चन्द्रदिपको भनाइ छ । तर, कसको हत्या गर्ने भनेर त्यतिबेला भनेका थिएनन् ।

हत्याको योजना तीन तहको

सजयको आग्रहअनुसार रामविनोदले चन्द्रदिप, मनक लामा, एकलाल सहनी र मुकेश चौधरीलाई ‘कन्ट्राक्ट किलर’ को रुपमा खोजिदिएका थिए । चन्द्रदिप, लामा, सहनी र चौधरी चारैजना हाल प्रहरी नियन्त्रणमा छन् ।

हत्याको योजना तीन तहको समेत बनेको चन्द्रदिपले प्रहरी समक्ष बताएका छन् । चन्द्रदिपले हत्या गर्न नसके लामा र सहनीलाई प्रयोग गर्ने योजना थियो ।

उनीहरु पनि विफल भए अन्तिममा चौधरीलाई प्रयोग गर्ने योजना बनेको चन्द्रदिपको बयान छ । तर, पहिलो चरणमै सिंघानियाको हत्या गर्न आफू सफल भएको चन्द्रदिपले प्रहरीलाई बयान दिएका छन् ।

हत्यामा चोरीको मोटरसाइकल प्रयोग गरिएको थियो । उक्त मोटरसाइकल कदमचोकस्थित सदभावनाको कार्यालय परिसरमा फेला परेको थियो ।

यो पनि पढ्नुस्

सञ्चारउद्यमी सिंघानिया हत्याका योजनाकार अझै फरार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment