Comments Add Comment

नेपाली मूलका थपलिया विश्व प्रसिद्ध हफिंगटन पोस्टमा लेखक

विजय थापा
वाशिंगटन डिसी । चिकित्सा विज्ञानका विद्यार्थी राजन थपलिया विश्व प्रसिद्ध पत्रिका हफिंगटन पोस्टमा लेखकको रुपमा प्रवेश गरेका छन् l  धादिङ घर भएका थपलिया लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन् ।
rajan-thapaliyaकाठमाडौंबाट प्रवेशिका परिक्षा उत्तिर्ण गरेपछि परिवारसंगै अमेरिका आएका थपलिया अमेरिकाको न्युयोर्क कलेज अफ पोडयाट्रिक मेडिसिनमा डाक्टर अफ पोडयाट्रिक मेडिशन (डीपीएम) ६ वर्षे कोर्सको तेस्रो बर्षमा अध्ययन गरिरहेका छन् l
३० बर्ष उमेर पनि नपुगेका थपलियाको अमेरिकाका प्रख्यात प्रकाशन गृहले एक दर्जन पुस्तक प्रकाशन गरिसकेको छ । गत मार्च २९ तारिखमा हफिंगटन पोस्टमा लेखक भै काम सुरु गरेयता उनका ६ वटा लेख प्रकाशित भइसकेका छन् l ‘नेपाली राजनीतिमा नेतृत्व संकट’ भन्ने लेख हफिंगटन पोस्टमा छापिएको उनको पहिलो लेख हो ।
 
अमेरिकामा विश्व प्रसिद्ध संचार माध्यममा लेखकको रुपमा नेपालीले प्रवेश पाउनु ठूलो कुरा मानिन्छ । र, लेखक थपलिया नेपाल र नेपालीको लागी प्रेरणाको श्रोत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment