Comments Add Comment

रौतहटमा १६ घरमा आगलागी, लाखौंको क्षति

Fire-at-house

  • फाइल तस्वीर

गौतम श्रेष्ठ
२८ चैत, रौतहट । रौतहटको दिपही र प्रेमपुर गोनाही गाविसमा आगलागी हुँदा १६ घर जलेर नष्ट भएका छन् । आगलागीका कारण १७ लाखभन्दा बढीको धन सम्पत्ती जलेर नष्ट भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

आइतबार दिउँसो साढे एक बजेको समयमा प्रेमपुर गोनाही गाविस ८ उचिडिह टोलमा मरियम खातुनको घरबाट सल्किएको आगोबाट छिमेकी प्रभु महतो, सनिप अन्सारी, हनिप अन्सारी र नसिर अन्सारको फुस एवं खपडाको छाना भएको घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

आगलागी भएको खवर पाएपछि ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएका प्रहरी र स्थानीय बासिन्दाहरुले आगोलाई नियन्त्रणमा लिएका थिए । एकपछि अर्को गरी ५ वटा घरमा सल्केको आगो निभाउन स्थानीय र प्रहरीलाई घण्टौं लागेको थियो । आगलागीका कारण गोनाहीमा ५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक विरेन्द्र पासवानले बताए ।

यसैगरी आइतबारै दिउसो करिब सवा चारको समयमा दिपही गाविस २ का जियालाल पंडितको घरबाट सल्किएको आगोले सो बस्तीका ११ वटा फुसका घर जलेर नष्ट भएका छन् । दिपहीमा लागेको आगो निभाउन इलाका प्रहरी कार्यालय गरुडाबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरी, स्थानीय बासिन्दा र गौरबाट गएको बारुण यन्त्रको मद्दतबाट करिव एक घण्टा पछि मात्रै आगोलाई निभाइएको थियो । क्षतिको यकिन विवरण नआएको प्रहरी निरिक्षक पासवानले बताए ।

शुक्रवारदेखि चर्किएको गर्मी र दिउँसो चल्ने तातो हावाले आगलागीको थप जोखिम बढाएको छ । शनिवार पनि रौतहटका तीन फरक-फरक स्थानमा आगलागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment