Comments Add Comment

३ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

२८ चैत, काठमाडौं । झण्डै साढे ३ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ गरेका छन् ।

त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ गपरेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डिआईजी शैलेस थापा क्षेत्रीले पुष्टि गरे ।

मलद्वारमा सुन लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरु चीनको कुमिंगबाट आएका काठमाडौं आएका थिए । ति व्यक्तिलाई प्रहरीले दिसा गर्न लगाएर सुन निकालेको थियो ।

पक्राउ पर्नेहरुमा फुजियानका झ्यांग जिआंग, गान्सुका माओ इन्गुआ र गान्सुकै माओ फुमिंग रहेको उनीहरुको राहदानीमा उल्लेखित विवरणबाट खुलेको छ । उनीहरु किन नेपाल आए भन्ने खुलेको छैन । यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment