Comments Add Comment

निजामती कर्मचारीको चुनावका लागि पाँच संगठनद्वारा मनोनयन दर्ता

Trade-Union-karmachari-office-in-singhadarbar

  • सामान्य प्रशासन मन्त्रालय परिसरमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय

२९ चैत, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि पाँच वटा कर्मचारी संगठनले मनोनयन दर्ता गराएका छन् ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ताका लागि सोमबार विहान १० बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो । मनोनयन दर्ताका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । कार्यालय वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

एमाओवादी र वैद्य माओवादी निकट निर्वाचन प्रक्रियाबाट बाहिर

निर्वाचन प्रक्रियाको विरोध गर्दै आन्दोलनरत सत्तारुढ एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध कर्मचारी बाहेक पाँच कर्मचारी संगठनले मनोनयन दर्ता गराएका हुन् ।

एमाओवादी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध राष्ट्रिय कर्मचारी संगठनसँग एक सातायता संयुक्तरुपमा आन्दोलन गरेका नेपाल मधेसी निजामती कर्मचारी मञ्च र नेपाल राष्ट्रसेवक कर्मचारी संगठनले पनि मनोनयन दर्ता गराएका छन् ।

संगठनहरूले मतका आधारमा पद पाउने

उम्मेद्वारी दर्ता गराएका कर्मचारी संगठनहरुले निर्वाचनमा प्राप्त मतका आधारमा पद पाउने छन् । सबैभन्दा धेरै मत पाउने संगठनले अध्यक्ष र कोषाध्यक्ष, दोस्रो धेरै मत ल्याउने संगठनले महासचिव र तेस्रो धेरै मत पाउने संगठनले उपाध्यक्ष पद पाउने निर्वाचन अधिकृतको कार्यालयका उपसचिव सन्तोष कुमार गिरीले जानकारी दिए ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंगलबार विहान १० बजेदेखि १ बजेसम्म मनोनयन फिर्ता लिने र १ बजेदेखि ५ बजेसम्म मनोनयनविरुद्ध दाबी विरोधको समय तोकेको छ । सरकारले वैशाख १० गते निर्वाचनको मिति तोकेको छ ।

५३ हजार ९ सय ९५ जना कर्मचारीहरुले निर्वाचनमा भाग लिनेछन् । तीमध्ये ४५ हजार कर्मचारी जिल्ला तहका र ८ हजार ८ सय २६ जना कर्मचारी मन्त्रालय, विभाग तथा संवैधानिक निकायका छन् ।

हाल निजामती सेवामा करिब ८० हजार कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment