Comments Add Comment

फोटोजर्नालिस्ट क्लबमा नयाँ नेतृत्व, महासचिवमा पौडेल

pj-club-nepal
३ वैशाख, काठमाडौं । विभिन्न आमसञ्चार माध्यममा कार्यरत फोटोपत्रकारको छाता संगठन फोटोजर्नालिस्ट क्लब नेपालको नयाँ कार्यसमिति चयन भएको छ ।

फोटोपत्रकार क्लब नेपालको सातौं बाषिर्क साधारणसभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

२ वर्षीय कार्यकालका लागि अन्नपूर्ण दैनिकमा डेपुटी फोटो सम्पादक विकास कार्कीको अध्यक्ष चुनिएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा कारोबार दैनिकका फोटोपत्रकार दिपक भट्टराई गाउँले छन् महासचिबमा अनलाइनखबरकर्मी श्रीधर पौडेल सर्वसम्मत भएका छन् ।

सचिबमा नागरिक दैनिकका केशब राजथोक र कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा कान्तिपुर पब्लिकेशकी श्रुती श्रेष्ठ, नागरिक दैनिकका दिपेश श्रेष्ठ, अन्नपूर्ण दैनिककी उमा बिष्ट, नयाँ पत्रिका दैनिकका ज्ञानेन्द्र कार्की, रातोपाटी अनलाइनका अशोक दुलाल र लोकान्तर अनलाइनका अशोक महर्जन निर्बाचित भएका छन् ।

फोटोजर्नालिस्ट क्लब नेपाल पत्रकार महासंघसँग आबद्ध एशोसियट सदस्य हो । क्लबले नेपालमै सबैभन्दा ठूलो पुरस्कार राशी रहेको फोटो प्रतियोगिता तथा प्रदर्शनी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment