Comments Add Comment

बंक–बुडर सडक खण्डको ट्र्याक खोल्ने कार्य सुरु

६ वैशाख, कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने कञ्चनपुरको बंकदेखि डडेल्धुराको बुडरसम्मको सडक निर्माण कार्य सुरु भएको छ ।

कञ्चनपुरबाट डडेल्धुरा चार घन्टामै पुग्ने छोटो सडकको ट्र्याक खोल्ने कार्य सुरु गरिएको हो । दुई वर्षभित्र पूरै सडकको ट्र्याक खोली सक्ने गरी काम सुरु भएको पूर्व मन्त्री नारायणप्रकाश साउदले बताउनुभयो । सडक निर्माणका लागि  १० करोड रूपैयाँमा ठेक्का दिइएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका साउदले भने, “चालु आवमै सो सडकको ओदाली खोला र खार खोलामा पक्की पुल निर्माण अगाडि बढाई सकेको छ ।” सो सडकको लम्बाइ २५ किमी रहेको छ ।

यसैगरी, कलुवापुर बेलौरी राजमार्ग कालोपत्रे गर्ने कार्य चालु आवदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो । कालोपत्रेका लागि रु ३८ करोडको बजेट अनुमान गरिएको जानकारी दिँदै नेता साउदले भने – “बहुवर्षीय ठेक्का लगाएर सडक कालोपत्रे कार्य सुरु हुन्छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment