Comments Add Comment

फोरम लोकतान्त्रिकको नाम परिवर्तनको तयारी

महाधिवेशन वैशाख २० देखि २२ सम्म विराटनगरमा हुने

Bijaykumar-Gachhadar

९ वैशाख, बिराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राष्ट्रिय महाधिवेशन आगामी वैशाख २० देखि २२ गतेसम्म विराटनगरमा हुने भएको छ । महाधिवेशनमा पार्टीको नाम परिवर्तनबारे छलफल हुनेछ ।

पार्टी स्थापना भएको सात वर्षपछि फोरम लोकतान्त्रिकले पहिलोपटक राष्ट्रिय अधिवेशन गर्न लागेको हो ।

तराई मधेस केन्द्रित क्षेत्रीय शक्तिका रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यले २०६६ सालमा स्थापना गरिएको फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गरी अधिवेशनको अन्तिम तयारी पूरा भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘हाम्रो केन्द्रीय समितिले ०७१ भित्रै राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको थियो तर यो अवधिमा गर्न नसकिएकाले ०७३ वैशाखको लागि तयारी पूरा गरेका छौं ।’

महाधिवेशनमा नेपालका प्रमुख पार्टीका नेतृत्व तथा भारत र चीनबाट समेत निम्तालुहरु आउने उनको भनाई छ । पार्टीको विधान अत्यन्तै झन्झटिलो भएकाले तीन पटक संसोधन भएपनि यसपटक विधान अत्यन्तै आधुनिक र लोकतान्त्रिक बनाइने उनले बताए ।

महाधिवेशनमा देशभरका ६२ जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनबाट पार्टीको नाम परिवर्तनको तयारी भइरहेको भएपनि नेतृत्व परिवर्तनको सम्भावना नरहेको अध्यक्ष गच्छदारले जानकारी दिए ।

एक अर्को प्रसंगमा गच्छदारले ठूला दलले राजनीतिक सहमति तोडेका कारण दलहरुबीच अविश्वासको वातावरण बढ्दै गएको बताए । ठूला दलहरुले १६ बुँदे, ८ बुँदे लगायतका राजनीतिक सहमति तोडेको गच्छदारले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment