Comments Add Comment

कपिलवस्तु जल्दा निभाउने दमकल पाइएनन्

damkal,-Kapilbastu१० वैशाख, कपिलवस्तु । गएको फागुन २० गते कपिलवस्तुको पत्थरदेईया गाबिस-४ मैनारीमा आगलागीको सचुना पाए पनि दमकल समयमै पुग्न सकेन । ५० किमी टाढा रहेको घटना स्थलमा पुग्नु अघि नै त्यहाका ३६ घर गोठ जलेर खरानी भयो ।

५० लाखको सम्पतिमात्र नष्ट भएन स्थानीय एक बृद्धा जलेर गम्भीर घाइते भएन । उनको पाल्पाको मिशन अस्पतालमा दुई सातापछि मृत्यु भयो । यस्तै गत चैत दोस्रो साता बलरमवापुर-४ प्रतापपुरमा आगलागी भयो तर सयममै दमकल नपुग्दा एक दर्जन घर जलेर पूर्णरुपमा नष्ट भएका थिए ।

चैतको २६ गते कुशाहवामा आगो लाग्यो घर गोठ गरी कुल १ सय २५ टहरा सखापै भयो त्यहाँ पनि दमकल समयमा पुग्न सकेन ।  चैत २७ गते शिवराज नगरपालिकाको रुद्रपुरमा ७ घर जलेर खरानी भए । २८ गते धमैनगरमा १४ घर जले । बैशाख  ३ गते जहदी गाविसको रेहरामा २८ घर जल्दा पनि दमकल आएन ।

वैशाख ८ गते कजरहवा ९ सिग्ररहवामा ३५ घर जल्यो दुई बालबालिकाको मृत्यु पनि भयो तर दमकल त्यहाँपनि समयमै पुग्न सकेन । त्यस्तै बैशाख ९ गते कपिलवस्तुको विशराज नगरपालिका ७ पिपरिमा आगलागी भयो घर गोठ गरी ३५ टहरा खरानी भयो । पिपरीमा पनि दमकल आगो निभिसकेपछि मात्र पुग्यो ।

यस वर्ष जिल्लाका विभिन्न स्थानमा सयवटा जति आगलागीका घटना भए पनि नगरपालिको दमकल ३५ ठाउँमा मात्र समयमै पुग्न सकेको थियो । विगतका बर्षहरुमा पनि जिल्लामा आगलागीबाट मानवीय र ठूलो धन सम्पति हुने गरेको  थियो ।

आगलागीको बढी जोखिम रहेको कपिलवस्तुमा ५ लाख, ७१ हृजार, ९ सय ३६ जनसख्याका लागि एक मात्र दमकलले सेवा दिन निकै गाह्रो परीरहेको छ । दिनहुँ हुने आगलागीका घटनाले गर्दा कपिलवस्तु नगरपालिको एक मात्र दमकललाई अहिले आगो निभाउन भ्याइन नभ्याइ छ ।

हावाहुरीको मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएका छन् । कपिलवस्तु नगरपालिमा रहेका ३ दमकल मध्ये एक मात्र चालु अवस्थामा रहेकोले आगो निभाउन समस्या हुने गरेको छ ।

दमकल चालक कुर्मीले दिनहुँ हुने आगलागीको घटनाले गर्दा अहिले भ्याई नभ्याई भएको बताउँछन् । उनी भन्छन्- ‘एक ठाउँमा जाँदा अर्को ठाउँबाट फोन आउँछ, त्यसैले समयमै घटनास्थल पुग्न निकै गाह्रो परेको छ ।’ उनले थपे- ‘हाम्रो बाध्यतालाई कसैले बुझ्दैनन्, हामीलाई नै गैरजिम्मेवार भनेर दोष लगाउने गर्छन्’

कपिलवस्तु नगरपालिमा रहेका बाँकी दुई दमकल बिगि्रएर थन्किएका छन् । जसमध्ये एउटा कवाडीका लागि लिलामी प्रकृयामा लगिए पनि कसैले लिन चासो देखाएका छैनन् । जिल्लाका ५३ गाबिस, ६ नगरपालिका मध्ये कपिलवस्तु नगरपालिकासँग मात्र दमकल छ । त्यही दमकल नै जिल्लाका ९२ हजार बढी घरधुरीका लागि साहारा बनेको छ ।

कपिलवस्तु नगरपालिकाले दमकल सञ्चालन गर्न गह्रो भएको जनाएको छ । चार फायर मेन र दुई चालक सहित ६ कर्मचारीलाई तलब, तेल मर्मतलगायतका लागि वाषिर्क २५ लाख बजेटले धान्न मुस्किल परेको नगरपालिका कार्यकारी अधिकृत निरन भट्टराईलेे गुनासो गरे ।

बिपद व्यवस्थापनका लागि सरकारले गाबिस र जिविसलाई बजेट छुट्टाउन भने पनि त्यसअनुरुप दमकलका लागि रकम आएको उनले गुनासो गरे । सरकारले दमल खरिदका लागि ९० प्रतिशत अनुदान दिने नीति बनाए पनि सञ्चालन गर्न गाह्रो हुने भएकाले खरिद गर्न कसैले तत्परता नदेखाएको उनी बताउँछन् ।  साधन र स्रोतले धनी रहेको बाणगंगा, शिवराज र भृकुटी नगरपालिकाले अनावश्यक खर्चको भार पर्ने भन्दै दमकल राख्न हिच्किचाएका छन् ।

उता जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरले जोखिमका हिसाबले पनि एउटा मात्र दमकलले पूर्ण सेवा दिन नसक्ने भएकाले जिल्लाका सबै नगरपालिको दमकल सेवा दिनुपर्ने बताइन् ।

‘सबैले किन्न नसके पनि भएको दमकललाई मर्मत गरेर भए पनि सञ्चालन गर्नुपर्छ’ उनले भनिन्- ‘समितिले कपिलवस्तु नगरपालिकामा रहेका दुइटै दमकल सञ्चालनमा ल्याउन जिल्लामा रहेका ६ नगरपालिकासँग एक लाख र ५३ गाविससँग १० हजारका दरले रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको छ । दुईमध्ये बिग्रेको एक दमकललाई मर्मत गरी सञ्चालन गर्ने र सो दमकल सञ्चालनका लागि कृष्णनगर र शिवराज नगरपालिकासँग प्रस्ताव आहृवान गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment