Comments Add Comment

कनकमणि दीक्षितलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

Kanak-Mani-Dixit,-Arrest

१२ वैशाख, काठमाडौं । विशेष अदालतले का साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अकूत सम्पत्ति आर्जन गरेको लगायतका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ पत्रकार समेत रहेका दीक्षितलाई पक्राउ गरेको थियो ।

आइतबार म्याद थप गर्ने नगर्नेबारे बबरमहलस्थित विशेष अदालतमा बहस भएको थियो । वीर अस्पतालको आईसीयूमा उपचाररत रहेकाले दीक्षितलाई भने उपस्थित गराइएको थिएन ।

अख्तियारले ३० दिन मागेको थियो । तर, दुबै पक्षको बहसपछि अदालतका अध्यक्ष महेश भट्टराई तथा सदस्यहरु प्रभा वस्नेत र महेश पुडासैनीको इजलासले पक्राउ परेको मितिले लागू हुने गरी १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

साथै दीक्षितको स्वास्थ्यमा समस्या भएकाले उपचारमा कुनै कमी हुन नदिन र स्वास्थ्य अवस्था हेरेर उनका वकिललाई भेट्ने व्यवस्था मिलाउन पनि अदालतले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment