Comments Add Comment

रातु खोलामा उत्खनन् गर्ने २४ वटा टिपर र डोजर स्थानीयको नियन्त्रणमा

१२ चैत, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिकास्थित रातु खोलामा अबैध उत्खनन् गरिरहेका २४ वटा टिपर र डोजर स्थानीयले नियन्त्रणमा लिएका छन् ।

अवैध उत्खनन् नरोकिएपछि बर्दिवास नगरपालिका-६ किसाननगरका बासिन्दाले बस्ती नजिकैको रातु खोलामा बालुवा र ढुङ्गा उत्खनन् गरिरहेका १३ वटा टिपर ओसार्न प्रयोग भएको ११ वटा डोजर मंगलबार विहान नियन्त्रणमा लिएका हुन् ।

क्रसर सञ्चालकले नदीमा १५-२० फिटसम्मका खाल्डा बनाएर अनियन्त्रित दोहन गरेकाले साधनहरु नियन्त्रणमा लिइएको स्थानीयवासीले जानकारी दिएका छन् ।

बस्ती नजिकको रातु खोलाको तटबन्धको छेउमै ठूलाठूला खाल्डा बनाइएको छ । अब वर्षा हुने भएकोले बस्तीमा बाढी पस्ने र बसोबास नै जोखिमका रहेको स्थानीय मनोज खत्रीले बताए ।

चौलिखा बस्तीका सामाजिक कार्यकर्ता बिन्देश्वर साहका अनुसार किसाननगरकै आसपासमा अहिले ११ भन्दा बढी क्रसर सञ्चालनमा छन् ।

ती क्रसरका यान्त्रिक साधनहरु (मेसिन, गाडी)ले मध्यरातपछि बिहानसम्म खाल्डा खन्ने र बालुढुङ्गा अन्त पुर्‍याउन प्रयोग हुने गरेको उनले बताए ।

नदीमा अनियन्त्रित दोहन बढ्दा बस्तीमा तटबन्ध भत्केर बाढी पस्ने खतरा बढेको, नदीमा सुख्खा खाल्डा बढ्दै जाँदा इनार र अन्य जलाधारक्षेत्रका खानेपानीका मुहान सुक्दै गएका कृष्णपुरकै सामाजिक कार्यकर्ता इन्द्रबहादुर शाहीको भनाइ छ ।

स्थानीय बासिन्दाले जिल्लाका प्रशासक, जिल्ला समन्वय समितिका संयोजक र बर्दिवास नगरपालिकाका प्रमुख नआउञ्जेल नियन्त्रणका यन्त्र नछाडिने बताएका छन् ।
यता जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले उत्खनन्को अवस्था अनुगमन गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीयतहका जनप्रतिनिधि र भूगर्भविज्ञसहितको टोली पुग्ने बताए ।

मापदण्ड विपरीत उत्खनन् गर्नेलाई कानुनी कारबाही गरिने उनले बताए । जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खन्नमा रोक लगाउनुका साथै अबैत्र क्रसरहरु बन्द गराएको थियो ।

जिल्ला समन्वय समितिले गरेको निर्णय बिपरीत स्थानीय प्रशासनको मिलेमतोमा उत्खन्न भैरहेको र रातु खोलामा एक दिन मात्रै उत्खन्न गरेको ३ लाख रुपैयाँ स्थानीय नेताहरुलाई बुझाउने गरेको स्थानीयवासीको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment