Comments Add Comment

दुर्जकुमारः अन्तराष्ट्रिय भलिबल खेलाडीदेखि महानिरीक्षकसम्म

Durja-Kumar-Rai
१४ वैशाख, काठमाडौं । रणबहादुर राई र धनदिपा राईको कोखमा ०१८ साल मंसिर १ गते जन्मिएका दुर्जकुमार राईले एमएसम्म अध्ययन गरेका छन् ।

सशस्त्र प्रहरीको महानिरीक्षक बनेका राई अन्तराष्ट्रिय स्तरको भलिबल खेलाडी समेत रहिसकेको सशस्त्र प्रहरी प्र्रहरी नायव उपरीषक अजय छतकुलीले जानकारी दिए ।

राईले प्रहरी अधिकृत विशेष तालिम, प्रहरी प्रशिक्षक कोर्ष, सामान्य प्रहरी प्रशासन, लागूऔषध नियन्त्रण, विशेष सश्त्र तथा युद्धकला लगायत स्वदेश तथा विदेशमा गरी विभिन्न १५ वटा व्यावसायीक तालिम हासिल गरेका छन् । यी मध्ये पाँच वटा तालिमहरु युएसए, बंगलादेश, भारत र चीनमा लिएको सशस्त्र प्रहरी बल हल्चोकले जनाएको छ ।

यसैगरी युएन मिसन डार्फर, हाइटी र कम्बोडिया मिसनमा कन्टीन्जेन्ट कमाण्डरको रुपमा जिम्मेवारी निर्वाह गरेका छन् । युएसए, जापान, कोरिया, कम्बोडिया, सुडान, चिन, हाइटी, बंगलादेश, भारत लगायत युरोपका अधिकांस राष्ट्रहरुको भ्रमण गरेका छन् ।

उनले सुप्रबल जनसेवा श्री (तृतीय), तेश्रो सार्क स्मृति, दुर्गम सेवा पदक लगायतका विभिन्न १४ वटा मानपदवी, अलंकार, पदकहरुबाट पाएका छन् ।

यसैगरी व्यावसायिक जिम्मेवारी निर्वाहकको क्रममा कार्यक्षेत्रमा उकृष्ट कार्य गरे वापत राईले एकपटक तीन ग्रेड थप, अर्को एकपटक एक ग्रेड थप र दुई पटक नगद पुरस्कार तथा बिभिन्न प्रशंसापत्रहरु पाएका छन् ।

राईसँग सशस्त्र प्रहरी बल प्रधान कार्यालय प्रशासन विभाग, मानवश्रोत विकास विभाग, सीमा सुरक्षा विभाग लगायत सशस्त्र प्रहरी बलका बाहिनी, गण, तालिम केन्द्र भालुवाङ लगायतको कार्यालयहरुमा प्रमुख भई कार्य गरेको अनुभव छ ।

यसैगरी विभिन्न जिल्ला प्रहरी कार्यालय तथा क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर लगायतका कार्यालयहरुको प्रमुख भएर पनि उनले जिम्मेवारी पूरा गरेका छन् ।

भोजपुर दिल्पा कात्तिके नागी-४ घर स्थायी घर भएका उनी हाल काठमाडौं कुलेश्वरमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment