Comments Add Comment

तनावबाट टाढा रहन रातमा कम खानु राम्रो

OLYMPUS DIGITAL CAMERA

अफिस वा कलेजको काम गर्दै घरमा राति अवेरसम्म सुत्नुहुन्न ? कि फेसबुक चलाएरै रात आधा पार्नुहुन्छ ? यसरी राति जागा रहँदा छेउछाउमा केही खानेकुरा राखेर खाँदै काम गर्ने बानी छ भने त्यसलाई हटाउँदा राम्रो हुन्छ ।

रातको समयमा तपाईं अवेरसम्म सुत्न पाउनुहुन्न भने खानाको सुन्तुलनमा पनि तपाईंले निकै ध्यान दिनुपर्छ । अबेरसम्म जागा रहँदा तपाईंले भारी खानेकुराको प्रयोग गर्नुहुन्छ भने त्यसले नकारात्मक असर पनि पार्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ ।

रातिको समयमा तपाईंले जति कम खानुभयो, त्यसले तपाईंको एकाग्रता र शक्तिमा पनि त्यतिनै सकारात्मक प्रभाव पर्ने अध्ययनले देखाएको हो ।

पेन्सिलभेनिया विश्वविद्यालयका बरिष्ठ लेखक डेभिडा डिंगेजकाअनुसार राति अवेरसम्म नसुती जागा रहने युवालाई लगभग ५ सय क्यालोरी बराबरको खानको जरुरी छ ।

उनी राति अबेरसम्म नसुत्ने मान्छेहरुले कम खाना खाँदा मानसिक तनाव लगायतका थुप्रै समस्याबाट टाढा रहन मद्धत गर्ने बताउँछन् । अध्ययनमा २१ देखि ५० वर्षसम्मका ४४ जनालाई सहभागी गराइएको थियो ।

अध्ययनका क्रममा उनीहरुलाई दिनमा धेरै खाना र पानी दिइयो । उनीहरुलाई रातमा चार घण्टा मात्र सुत्न दिइयो । चाौंथो रातमा २० सहभागीलाई धेरै खाना र पानी दिने क्रम जारी राखियो । बाँकीलाई भने राति १० बजेपछि पानी मात्र पिउन अनुमति दिइयो । उनीहरु सबैलाई विहान ४ बजेपछि सुत्न दिइयो ।

अध्ययनमा रातको समयमा खाना नखानेहरु पानीमा पिउनेहरु बढी तन्दरुस्त र तनावरहित देखिए । रातीसम्म खाना खाइरहनेहरुमा भने एकाग्रता पटक्कै देखिएन । उनीहरु केही सुस्त र मानसिक रुपमा तनावमा देखिए । तर, राति ४ घण्टामात्र सुत्दा पनि केही नखानेहरु नै विहान फूर्तिवान भेटिए ।

यसैका आधारमा शोधकर्ताहरुले राति अवेसम्म बस्नेले बेलुका हल्का खाना लिए नै स्वास्थ्यप्रद हुने निश्कर्ष निकालेका हुन् । यो अध्ययनको प्रतिवेशदन जुन ६ देखि १० सम्म अमेरिकामा हुने एसोशीयटेड प्रोफेशनल स्लीप सोसाइटीको २९ औं बैठकमा पेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment