+
+

ताप्लेजुङमा मोवाइल तथा इन्टरनेट सेवा अबरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १९ गते ७:४८

१९ वैशाख, काठमाडौं । शनिवार मध्यान्नपछि आएको पानी सहितको हावाहुरी र चट्याङ पछि ताप्लेजुङमा टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ ।

Telephoneनेपाल टेलिकमको ल्याड लाईन, प्रिपेड तथा पोस्पेट र स्काई मोवाईलको सेवा शनिवार राति देखि अबरुद्ध भएको हो ।

मोवाईल, ल्याण्डलाईन र ईन्टरनेट सेवा अबरुद्ध हुँदा हजारौँ सेवाग्राहिको सञ्चार सम्पर्क छुटेको छ । मोवाईल र ल्याडलाईन अबरुद्ध हुँदा नेपाल टेलिकमसँग सम्पर्क  गर्न नसकिएकाले अबरुद्धको कारण बारे जानकारी नभएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

नेपाल टेलिकम बाहेक एनसेल मोवाईल र ईन्टरनेट सेवा प्रदायक सुबिसु भने सञ्चालनमानै रहेका छन् ।  शनिवार मध्यान्न देखि ताप्लेजुङमा हावाहुरी सहित चट्याङ र ठुलो पानी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?