Comments Add Comment

सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा ६७ उजुरी

१९ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६१ उजुरी दर्ता भएका छन् ।

दर्ता उजुरीमा पहिलो चरणमा ३२ उजुरी आयोगको केन्द्रीय कार्यालयमा हुलाक मार्गबाट पठाइएको स्थानीय शान्ति समिति जुम्लाका निमित्त कार्यालय सचिव बेलु रोकायाले जानकारी दिए।

उनका अनुसार २९ उजुरी पछिल्लो चरणमा आयोगमा पठाइने छ । बेपत्ता छानबिन आयोगतर्फ अहिलेसम्म छ जनाको उजुरी परेको निमित्त कार्यालय सचिव रोकायाको भनाइ छ ।

आगामी असार २ गतेसम्म उजुरी दर्ताको आह्वान गरिए पनि सोचेजति प्रचारप्रसार हुन नसकेकाले दुवै आयोगमा उजुरी दर्ता गर्नेको सङ्ख्यामा कमी आएको उनले बताए ।

कतिपयले आफ्नो असुरक्षाका कारण निवेदन दर्ता गर्न नसकेको हुन सक्ने स्थानीय शान्ति समितिले जनाएको छ । यद्यपि उजुरी आउने क्रम निरन्तर रहेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment