Comments Add Comment

एनिमल वेलफेयरबारे चितवनमा अन्तर्राष्ट्रिय सम्मेलन

ivsa
२१ चितवन, वैशाख । आइभीएसए नेपालले ‘लाइफ्स्टाइल्, एनिमल् वेल्फेयर एण्ड भेटेरिनरी स्टडीज’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गरेको छ । इन्टरनेशनल भेटेरिनरी स्टुडेन्ट एसोसियसन नेपालले आइभीएसए ब्रानोबाट आएका १० जना अधिकृत सदस्यलार्इ स्वागत गरेको थियो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा भएको कार्यक्रममा चेक रिपब्लिक र स्लोभाकियाका प्रतिनिधि पनि सहभागी थिए । ब्रानोमा अवस्थित युनिभर्सिटी ब्रानोमा अध्ययनरत आइभीएसए अधिकृतका तर्फबाट यारास्लोभ स्काला र मारकेटा हालाडोबाले कायर्क्रममा प्रस्तुती दिएका थिए ।

अन्तर्राष्ट्रिय कन्फरेन्समा पक्लिहवा क्याम्पस, कृषि तथा वन विज्ञान अध्ययन संस्थानबाट दुर्इ जना र कृषि तथा वनविज्ञान विश्वविद्यालय बाट २ जनाले प्रस्तुती दिएका थिए ।

कार्यक्रम आइभीएसए नेपालका अध्यक्ष युवराज पन्थको अध्यक्षता भएको थियो । उनले संस्थाले स्थापनाकालको तेस्रो वर्षमा नै निकै धेरै योगदान पुराइसकेको र अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्न कन्फरेन्स गरिएको बताए । नेपालका विद्यार्थी संगठनले आयोजना गरेकोमा यो पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भएको उनले दावी गरे ।

आइभीएसए नेपालले पछिल्लो पटक विश्वविद्यालयलाइ २० ओटा ल्याप्टप र एउटा प्रिन्टर सहयोग गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment