Comments Add Comment

डेढ किलो सुनसहित एक पक्राउ

२२ वैशाख, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले डेढ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान करिब ३ः४५ बजे हेटौँडा उपमहानगरपालिका-१७ रातोमाटेस्थित प्रहरी चेकपोस्टमा काठमाडाैंबाट गौरतर्फ जाँदै गरेको बा३ख ४७४६ नंको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा भेटिएको डेढ किलो सुनसहित एकजनालाई पक्राउ गरी हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने रौतहट, गौ-१३ का ३० वर्षीय अर्जुन सिंह रहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment