२४ वैशाख, विराटनगर । अदालतबाट कैद तथा जरिवाना सजायँ फैसला भई फरार रहेका विराटनगरका दिपेश शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शर्मालाई विषेश सुराकी परिचालन गरी विराटनगर ७ स्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
मोरङ पुनरावेदन अदालत विराटनगरको ठगी मुद्दामा दुई वर्ष कैद एवम् ९२ हजार ८ सय रुपैयाँ जरिवाना फैसला दुई वर्ष अघि नै सुनाएको थियो ।
२५ वर्षीय शर्मालाई क्षेत्रीय अनुसन्धान समूहबाट खटिएका प्रहरी टोलीले विशेष सुराकी परिचालन गरी नियन्त्रणमा लिएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
क्षेत्रीय प्रहरी कार्यालयले विशेष टोली वनाएर फरार अभियुक्तलाई नियन्त्रणमा लिने अभियान शुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4