Comments Add Comment

केवल कुमारी नारीहरुले मात्र सामना गर्नुपर्छ यी कुराहरु…

girlहुनसक्छ तपाइँ यस्ता मानिसहरुको बीच रहनुहुन्छ जहाँ अझैपनि यौनको विषयमा लुकीछिपी मात्र कुरा गरिन्छ वा यस्ता मानिसहरुको बीचमा हुनुहुन्छ जहाँ यौन सम्बन्धको कुरा निकै सामान्य विषय बन्दछ ।

यो दुनियामा हरेक प्रकारमा मानिसहरु हुन्छन् । यद्यपि यो कुरामा दुइमत छैन की सेक्सको विषय विस्तारै खुल्ला हुँदै गएको छ र मानिसहरु यस विषयमा पहिले भन्दा बढि खुलेर कुराकानी गर्न थालेका छन् ।

भर्जिन अर्थात् कुमारित्व बचाइराख्नु वा नराख्नु पूर्णरुपमा व्यक्तिगत छनोटको कुरा हो । भर्जिन रहने वा नरहने कुरामा छनोटको अधिकार हने मात्र होइन कसैलाई तिमी भर्जिन छौ की छैनौँ भनेर सोध्नेसम्म हक हुँदैन ।

तर हाम्रो वरीपरी नै केही यस्ता मानिसहरु पनि हुन्छन् जसलाई यदि कसैले म भर्जिन छु भनेर भन्यो भने अचम्म मान्दछन् र भटाभट यस्ता प्रश्न गर्न थाल्दछन्

  •  के तिमी साँचो बोलिरहेको छौ ? मानौँ तपाइँले कुनै गल्ती गर्नुभएको छ ।
  • दोश्रो प्रश्न हुन्छः  तिम्रो पार्टनर त छ हैन ? तिमी सिंगल पनि होइनौ, फेरि…..
  • जब तपाइँ सिंगल नभएको र पार्टनर पनि भएको कुरामा ऊ निश्चित हुन्छ, तब ऊ तपाइँको कुमारित्वको असली कारण खोज्नेतर्फ लाग्दछ ।
  • अन्त्यमा जब उसलाई तपाइँको कुमारित्व नतोडिनुको कुनै ठोस कारण प्राप्त हुँदैन तब उसको अर्को प्रश्न तपाइँको रुचीमा आएर अडि्कन्छ । र, उसले सोध्न थाल्दछ, के तिमीलाई कहिल्यै … मन लाग्दैन ?
  • त्यसपछि सुरु हुन्छ डर सिर्जना गरिदिने शिलसिला । अनि ऊ भन्न थाल्दछ, लेखेर राख तिम्रो सम्बन्ध लामो समयसम्म चल्नेवाला छैन ।
  • तिम्रो पार्टनर कस्तो छ ? के उसले कहिल्यैपनि यसबारेमा तिमीसँग गुनासो गरेको छैन ?
  • के तिमी यसका लागि बिहे पर्खिरहेको हौ ?
  • जिन्दगीमा हरेक चिजलाई एकपटक ट्राइ जरुर गर्नुपर्छ र अब तिमी सानो बच्चा पनि होइनौ ।
  • कहीँ तिम्रो ब्वायफ्रेण्डमा कुनै कमजोरी छ छैन नी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment