+
+

‘गजल मधुशाला’ लिएर सञ्जिवनी र राज जापान आउने

रमेश श्रीष मगर रमेश श्रीष मगर
२०७३ वैशाख २५ गते १२:४७

gazal-madhusalaटोकियो । जापानमै पहिलो पटक आयोजना हुन लागेको गजलसहितको सांगीतिक साँझमा जापानबासी नेपालीहरु झुम्ने भएका छन् । ‘म्यूजिक फर किड्स एजुकेसन’ भन्ने मुल नारासहित आयोजना हुन लागेको ‘गजल मधुशाला २०१६’ मा चर्चित आधुनिक गायिका सञ्जिवनी र चर्चित गजल गायक राज सिग्देल जापानको राजधानी टोकियो आउने भएका हुन् । दुबैको जापानमा यो पहिलो कार्यक्रम हो ।

विगत लामो समयदेखि जापानमै आफ्नो एकल प्रयासमा सफल कार्यक्रम पस्किसकेका युवा व्यवसायी एवं गीतकार लवकुमार बुढाथोकीको आयोजनामा हुन लागेको यस ‘गजल मधुशाला २०१६’ आगामी मेई १५ तारिख आइतबार मेगुरोस्थित मेगुरो कुमिन सेन्टरमा हुने आयोजक बुढाथोकीले अनलाईनखबरलाई बताए ।

पाँच घण्टा लामो समयसम्म चल्ने यस कार्यक्रममा सञ्जिवनीले आफ्ना सदावहार नेपाली तथा हिन्दी गीतबाट मेगुरो कुमिन सेन्टरको प्रक्ष्यालय गुञ्जायमान बनाउने छिन् भने राजले आफ्ना चर्चित गीतहरुमार्फत उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । भारतीय सुप्रसिद्ध गायिका मुम्बईबाट सञ्जिवनी र गजलविधाका चर्चित गायक नेपालबाट राजसहित जापानमा हुने अन्य कार्यक्रमभन्दा फरक र संगीतिक गजलमय कार्यक्रम जापानमै पहिलो भएको दाबी गर्दै आयोजकले सम्पूर्ण जानाबासी नेपालीहरुलाई उपस्थितीको लागि अपिल गरेको छ ।

सञ्जिवनीका ‘पुरानो हुदैन माया’, ‘जिवनसाथी तिमीलाईँ, ‘डाँडा काँडा छहाराले’, ‘पानी मिठो’, ‘आँखामा आउने तस्बिर तिम्रो’ लगायतका गीत चर्चित छन् भने ‘उ जितेर गई या हारेर गई’, ‘यो माया हराएको शहर’, ‘च्वास्स बिझ्ने तिम्रो माया’, ‘म त यसै बदनाम बदनाम’ लगायतका गीतहरु राजका चर्चित छन् ।

बाद्ययबादनसहित लाईव प्रस्तुती हुने यस कार्यक्रममा सञ्जिवनी र राजसँगै भारतीय चर्चित संगीतकार चिराग पञ्चालको पनि आकर्षक प्रस्तुती रहनेछ । त्यस्तै कार्यक्रम प्रवेशमा विद्यार्थीहरुलाई सहुलियत स्वरुप ३००० येनको व्यवस्था गरिएको बुढाथोकीले बताए ।

gazal-madhusala-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?