+
+

कतै तपाइँले पनि राख्नुभएको त छैन, यी कमजोर २५ पासवर्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २६ गते १०:१६

passwordगत मे ५ मा विश्वमा पासवर्ड दिवस मनाइयो । यो दिवस विश्वभर सुरक्षित तथा राम्रो पासवर्डको प्रयोग गर्नेबारेमा जागरुकता फैलाउने उद्धेश्यका साथ मनाउने गरिन्छ ।

विश्वमा साइबर अपराध बढ्दैछ र अनलाइन चोरीहरु पनि व्यापक हुँदैछन । यसको प्रमुख कारण भनेको कमजोर पासवर्ड पनि हो ।

स्पेस डाटा नामक एजेन्सीले हरेक वर्ष इन्टरनेटको दुनियामा प्रयोग भएका सबैभन्दा खराब पासवर्डको सूचि सार्वजनिक गर्दछ । पछिल्लोपटक उसले गत वर्ष सन् २०१५ मा लिक भएका २० लाख पासवर्डको सूचिको आधारमा विश्वका सबैभन्दा खराब पासवर्डको सूचि तयार पारेको छ । जुन यस प्रकार छन्:

1) 123456

2) password

3) 12345678

4) qwerty

5) 12345

6) 123456789

7) football

8) 1234

9) 1234567

10) baseball

11) welcome

12) 1234567890

13) abc123

14) 111111

15) 1qaz2wsx

16) dragon

17) master

18) monkey

19) letmein

20) login

21) princess

22) qwertyuiop

23) solo

24) passw0rd

25) starwars

त्यसैले यदि तपाइँलेे पनि आफ्नो अनलाइन अकाउण्टमा माथिका मध्ये कुनै पासर्डको प्रयोग गर्नुभएको छ भने तत्कालै बदल्नुहोस् र कुनै बलियो तथा ह्याकरले सजिलै पत्ता लगाउन नसक्ने खालको पासवर्ड प्रयोग गर्नु बुद्धिमानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?