+
+

भूकम्पपीडितलाई अस्थायी अवास बनाउन सुरक्षाकर्मी परिचालन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २८ गते १३:१५

Lamgung One Year-After-a-Devastating-Earthquake (15)
२८ वैशाख, काठमाडौं । अझै पालमुनी रहेका भूकम्प प्रभावितहरुलाई वर्षा अगावै सुरक्षित अस्थायी वा संक्रमणकालीन आवास बनाउन सरकारले सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ ।

सरकारले पालमा रहेका भूकम्पपीडितलाई वर्षाअगावै सुरक्षित अस्थायी वा संक्रमणकालीन आवासमा सार्ने बताउँदै आएको छ । सरकारको नीति तथा कार्यक्रममा पनि यसलाई राखिएको छ । तर, अहिलेसम्म ठोस काम भएको छैन ।

अस्थायी आवास निर्माणबारे सोमबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास, स्थानीय र गृह मन्त्रालय तथा तीनवटै सुरक्षा निकायबीच छलफल भएको छ । सम्बद्ध निकायबीच समन्वय गरी जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत काम अघि बढाइने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

आफ्नो जग्गा नभएका र वस्ती जोखिखमा परेर पालमै बसिरहेकालाई उपयुक्त स्थान खोजेर अस्थायी सामूहिक आवास निर्माण गरिनेछ । यस्ता घरको डिजाइन ३ दिनभित्रै निर्माण गरेर सार्वजनिक गर्ने योजना छ ।

अस्थायी सामुहिक आवास निर्माण गर्दा भविश्यमा पनि प्रयोगमा आउनसक्ने स्थानमा प्राथमिकता दिइनेछ । र, आपत्कालिन उद्धार केन्द्र, बजार केन्द्र वा विद्यालय वा स्वास्थ्य केन्द्र तथा सामुदायिक भवनका निम्ति प्रयोग गर्ने सकिने खालका अस्थायी अवासहरु बनाइनेछ ।

आवास निर्माण गर्न ३ वटै सुरक्षा निकायमार्फत जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । स्थानीय राजनीनिक दल तथा विभिन्न संघ संस्थाका स्वयंसेवक परिचालन गर्नका लागि आव्हान गर्ने प्रवक्ता थपलिाले बताए ।

अब पालमुनी बसिरहेका भूकम्पपीडित घर परिवारको संख्या यकिन गर्न गाविसमा खटिएका इञ्जिजियरहरुलाई परिचालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?