३० वैशाख, काठमाडौं । लिओनल मेस्सीलाई पछि पार्दै क्रिष्टियानोे रोनाल्यो सबैभन्दा धेरै कमाउने फुटबलर बनेका छन् ।
अमेरिकी पत्रिका फोर्ब्सले विश्वका धेरै कमाइ गर्ने फुटबलरहरुको सूची सार्वजनिक गरेको छ । जसमा रोनाल्डो शीर्ष स्थानमा छन् ।
पत्रिकाका अनुसार रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको कमाइ ८२ मिलियन डलर छ । जसमा ५३.३ मिलियन डलर तलब र बोनसबाट आउँछ ।
दोस्रो स्थानमा बार्सिलोनाका लिओनल मेस्सी छन् । मेस्सीको कमाइ ७७ मिलियन डलर छ । जसमध्ये ५०.५ मिलियन डलर तलब र बोनस रहेको फोब्र्सले जनाएको छ ।
सर्वाधिक कमाउने फुटबलहरुको सूचीको तेस्रो स्थानमा जाल्टन इब्राहिमाभिच, चौथो स्थानमा नेयमार र पाँचौं स्थानमा ग्यारेथ बल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4