Comments Add Comment

धुर्मुस सुन्तलीलाई सघाउन अष्ट्रेलियामा अभियान

Dhurmus

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा सन्चालित सिन्धुपल्चोक गिरान्चौर एकिक्रित नमुना बस्ती निर्माण अभियानलाई अष्ट्रेलियाबाट जय नेपाल फाउन्डेनले सघाउने भएको छ । जय नेपाल फाउन्डेसनको अगुवाइमा आगामी शुक्रबारसम्म सामाजिक संजाल मार्फत १ हप्ते अार्थिक सहयोग संकलन अभियान गरिनेछ ।

प्रबासमा हुनेहरु भौतिक योगदान गर्न असमर्थ रहेपनि आर्थिक योगदान गरेर यस परोपकारी कार्यको एउटा हिस्सा बन्न सक्ने यो महान अभियानलाई साथ दिनुहुन अष्ट्रेलियामा बस्ने सम्पूर्ण देशप्रेमी नेपालीहरुलाई जय नेपाल फाउन्डेशनले अनुरोध गरेको छ ।

भूकम्पका कारण पीडित बनेका ६५ घर परिवारलाई नयाँ घर बनाएर दिने अभियानमा अहिले चर्चित हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे नै लागेका छन् । उनीहरु आफै घर बनाउन कस्सिएका छन् । यी दुइको यो अभियानले अहिले विश्वव्यापी चर्चा मात्र होइन सहयोग पनि पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment