Comments Add Comment

चुलिँदैछ एप्पलमाथिको संकटः शेयर मूल्यमा गिरावट, मूल्यवानको ताज फेरि खोसियो

appleसन् २०१४ यता पहिलोपटक उच्च दरमा गिरावट हुने क्रममा एप्पल कम्पनीको शेयर बिहिबार ९० डलर भन्दा तल झरेको छ । यो वर्षको अन्त्यतिर एप्पलले आफ्नो नयाँ आइफोन लन्च गर्ने अपेक्षा गरिएको छ र त्यसअघि एप्पलका प्रडक्टको मागमा आएको कमीले वालस्टि्रटमा चिन्ता पैदा गरिदिएको छ ।

गत बिहिबार एप्पलको शेयर मूल्यमा २.३५ को गिरावट हुँदै ८९.४७ डलरमा झरेको छ ।

विश्व बजारमा एप्पलका प्रडक्टको मागमा आएको कमीका कारण एप्पलका ग्याजेटका पाटपुर्जा सप्लाइ गर्ने ताइवानी कम्पनीहरुले यो वर्षको दोश्रो त्रैमासिकमा गत वर्षको भन्दा कम अर्डर प्राप्त गर्ने देखिएको छ । एप्पलले गत सेप्टेम्बरमा मात्रै आफ्नो उच्च मूल्यका फोन लन्च गरेको थियो र यति छिटै ती प्रडक्टको मागमा आएको गिरावटले एप्ललका लगानीकर्तालाई चिन्तित तुल्याएको छ ।

उत्पादन अनुमान तथा पाटपुर्जा अर्डरमा आउने कमीका कारण मानिसहरुमा एप्पलप्रतिको धारणा उत्साहजनक नबनेको र एप्पलको नयाँ आउने भनिएको आइफोनका फिचर्स समेत विद्यमान आइफोन सिक्स एस भन्दा फरक नदेखिएको रोसेनब्लाट सेक्योरिटिजका विश्लेषक जन झांगले बताएका छन् ।

शेयर मूल्यमा गिरावटसँगै एप्पलले विश्वको सबैभन्दा धेरै बजार पुँजी भएको कम्पनीको ताज पनि गुगलको मातृ कम्पनी अल्फाबेटलाई सम्पनु परेको छ ।

गत अपि्रलमा पछिल्लो १३ वर्षमा पहिलोपटक कम्पनीको राजश्वमा गिरावट तथा आइफोनको बिक्रिमा गिरावट आएको पहिलो त्रैमासिक तथ्यांक सार्वजनिक भएसँगै एप्पल कम्पनीको आत्मविश्वास डगमगाएको हो । अब एप्पलको आगामी आइफोनको माग पनि उतिसारो नहुने चिन्ता रहेको छ ।

पछिल्लो समय चिनिया बजारमा एप्पलको आम्दानीमा तिव्र गिरावट देखिएको छ । सन् २०१६ को पहिलो त्रैमासिकमा चीनमा एप्पलको आम्दानी २६ प्रतिशतले घटेको छ । चिनिया बजारमा एप्पलले शाओमी तथा हुवावे जस्ता सस्तो मूल्यका स्मार्टफोनसँग चर्को प्रतिस्पर्धा बेहोर्नु परेको छ ।

एप्पलको भविष्य संकटमै परेको हो त ? यस विषयमा विश्लेषकहरु पनि चिन्तनमा छन् । उनीहरुका अनुसार स्मार्टफोन अझ विशेषगरी आइफोनको बजार संतृप्त अर्थात् पूर्ण भैसकेको छ र एप्पलले आइफोन भन्दा अन्य क्षेत्रमा खासै उत्साहजनक काम गर्न सकेको छैन । त्यसैले अन्य प्रडक्टमा समेत व्यापक वृद्धिका यत्नहरु गरेमात्र एप्पलको भविष्य बँच्नेछ । रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment