Comments Add Comment

युएईमा मृत्यु भएका धनबहादुरको परिवारलाई ५ लाख सहयोग

Dhan-Bahadur

२ जेठ, दुबई । गत अप्रिल १४ मा युएईमा हृदयघातका कारण मृत्यु चितवनका धनबहादुर मगरको परिवारलाई ५ लाख सहयोग भएको छ ।

युएईमा कार्यरत नेपाली तथा उनकै सहकर्मीले संकलन गरेको ५ लाख ७ हजार २४४ रुपैयाँ उनको परिवारलाई पठाइएको हो ।

कम्पनीमा कार्यरत नेपाली लगायत उनको कार्य क्षेत्रमा संकलन भएको १७ हजार ६ सय ६० दिराम धनबहादुरका बुवा कमलसिंह मगरको नाममा पठाइएको छ । उक्त रकम कम्पनीका म्यानेजर शिब कुमार मयान्डीबाट ३१ हजार १६८, कम्पनीमा कार्यरत नेपाली होम बहादुर बुढाथोकीद्वारा ३५ हजार ५ सय त्यस्तै सहकर्मी सुरज सिभाशंकरण आल्लाप्पातद्वारा ३ लाख अर्का संकलक मख्खन लाल जङीड द्वारा ८० हजार ५ सय ७६ त्यस्तै रमेश कार्की द्वारा संकलीत ६० हजार गरी ५ लाख ७ हजार २ सय ४४ छुट्टाछुट्टै रेमीट्स मार्फत नेपाल पठाइएको हो ।

Dhanbahadur-ko-babaउक्त सहयोग रकम प्राप्त भएपछि घनबहादुरको परिवारले सहयोग पुर्याउने सम्पूर्णलाई आभार प्रकट गरेका छन् ।

रोजगारीका लागी ४ वर्ष अघि युएई आएका मगर दुबइको सर्तिस गार्डीङ कम्पनीमा सेकुरीटी गार्डको रुपमा कार्यरत थिए । कम्पनी मार्फत लामो समय पिको इन्टरनेसनल डिआइपीमा काम गर्दै आएकाले उनको कार्यक्षेत्रमा नै सबभन्दा धेरै सहयोग जुटेको थियो । त्यहाँ हाल कार्यरत नेपाली रघुबिर सिंह धामीले रकम नेपाल पठाउन सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment