Comments Add Comment

सेप्टेम्बर ११ को आक्रमणका लागि साउदीविरुद्ध मुद्धा हाल्ने बिल पास

america_attack५ जेठ, काठमाडौं ।  अमेरिकामा सेप्टेम्बर ११ को आक्रमणका पीडितले साउदी सरकारविरुद्ध मुद्धा हाल्न अधिकार दिने बिल सीनेटले पास गरेको छ । जस्टिस अगेन्स्ट स्पोन्सर्स अफ टेररिजम एक्ट अब अमेरिकी ससंसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा पठाइनेछ ।

साउदी अरब सरकार विदेश मन्त्रीले भने उसको बदलामा साउदी सरकारले अमेरिकामा गरेको लगानीबाट हात झिक्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस बिलमा भिटो प्रयोग गर्ने बताउका छन् । तर, डेमोक्रेटिक सांसदहरुले आबोमाले यस्तो नगर्ने विश्वास व्यक्त गरेका छन् ।

यदि यो विल पास भएर कानून बन्यो भने सेप्टेम्बर ११ को आक्रमणका पीडितले साउदी सरकारका कुनै पनि यस्ता सदस्यविरुद्ध मुद्दा चलाउन सक्छन्, जसको यो आक्रमणमा भूमिका रहेको मान्न सकिन्छ ।

साउदी अरबले भने २००१ मा भएको यो आक्रमणमा आफ्नो भूमिका अस्वीकार गर्दै आएको छ । वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको यो आक्रमणाा ३००० मानिसको ज्यान गएको थियो । आक्रमणमा विमा प्रयोग भएको थियो र उक्त विमान अपहरण गर्ने १९ मानिस मध्ये १५ साउदी नागरिक थिए ।

यो आक्रमणको जिम्मा चरमपन्थी संगठन अल कायदाले लिएको थियो, जसको प्रमुख ओसामा बिन लादेन साउदी अरबकै हुन् । तर, त्यहाँको सरकारले उनको नागरिकता खारेज गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment