Comments Add Comment

बन्यो ‘टाकुरामा एक्लो मान्छे’

takurama eklo manxeअर्याल फिल्म्स प्रा.ली.ले निमार्ण गरेको  छोटो चलचीत्र टाकुरामा एक्लो मान्छेको  छायाकंन सकिएको छ । नवलपरासीको त्रिबेणी धाम वरपरको कथाबस्तुमा निर्माण गरिएको सर्ट फिल्ममा नवलपरासीका स्थानिय कलाकारहरुले अभिनय छ । चलचित्रमा सुवास अगम , राजु अर्याल, सिमा उपाध्याय , अमृता गैरे को मुख्य भुमिका  छ ।

त्यसैगरी चलचित्रमा दिर्घनाथ गौतम ,नारायण कुँवर ,सर्मीला अर्याल ,मनिश अधिकारी, प्रकाश सुवेदी ,पारसमणी लगायतका कलाकारको अभिनय गरेका छन् । राजु अर्यालको निर्देशन, जितेन्द्र न्यौपानेको छायाकंन रहेको चलचित्रलाई सुसिल भुर्तेलले निमार्ण गरेका हुन् ।

चलचित्रमा प्रकेश सिन्दुलीय मुख्य सहायक निर्देशक, रोशन गुरुङ्ग सहायक निर्देशक , किशोर गैरे प्रोडक्सन म्यानेजर र अर्जुन घिमिरेले प्रोडक्सन सहायक भएर काम गरेका थिए । चलचित्रलाई असारको पहिलो हप्ताबाट च्यारीटी गरिने निर्माण टिमले जानकारी दिएकाे छ । २ लाखको लगानीमा निर्माण गरिएको चलचित्र करिब तीस मिनेटको हुने निर्देशक अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment