Comments Add Comment

तेस्रो हिसान शैक्षिक मेला काठमाडौंमा चल्दै

edu fair (5)७ जेठ, काठमाडौं । एसएलसी र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर बिहीबारदेखि तेस्रो हिसान एडुफेयर सुरु भएको छ ।

उच्च माध्यमिक विद्यालय संघ नेपाल, ‘हिसान’ र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा भृकुटीमण्डप, प्रर्दशनीहलमा जारी मेला ९ गतेसम्म चल्नेछ ।

“उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराका साथ नेपालमा सञ्चालित शिक्षण संस्थाहरुको मात्र सहभागिता रहेको शैक्षिक मेलामा विद्यार्थीहरुको सहभागिता उप्त्साहजनक देखिएको छ ।

‘एकै छानामा करिब सय कलेजको बारेमा बुझन सकिन्छ,’हिसानका महासचिव लोकबहादुर भण्डारीले भने,’विद्यार्थीहरुले आफूले चाहेको कलेज छनौट सहजै छान्न सक्छन् ।’

edu fair (11)
मेलामा नाम चलेका सबैजसो उच्च माध्यमिक विद्यालय नै सहभागी भएर अन्यौलमा रहेका अभिभावक र विद्यार्थीलाई आफनो कलेजको बारेमा जानकारी दिइरहेका छन् ।

कलेजको भौतिक र शैक्षिक अवस्थाबारे बुझन सक्नेछन् । कुन विषय किन पढ्ने ? ति बिषय पढा उच्च शिक्षा अध्ययनमा के फाइदा हुन्छ ? लगायत जानकारी पाउनेछन् ।

मेलामा अध्ययन लाग्ने शुल्क, छात्रबृति, पढ्नु पर्ने बिषय, भर्ना हुन लाग्ने शुल्क, अतिरिक्त क्रियाकलाप र सेवा सुुविधाको बारेमा निर्धक्क सोध्न पाउँछन् । विद्यार्थीहरुलाई सहज रुपमा जानकारी दिन कलेजहरुले व्यवस्थित स्टल राखेको आयोजकले जनाएको छ ।

विद्यार्थी, अभिभावक तथा  शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण पक्षको बारेमा शैक्षिक जानकारी दिने उद्देश्य मेला गरिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताए । ‘मेलामा स्वदेशका उत्कृष्ठ सबैजसो कलेजले सहभागिता जनाएका छन,’उनले भने ,’एकै छानामुनी सबै जानकारी पाउनेछन् ।’
edu fair (15)
स्वदेशी शैक्षिक संस्थाको यथार्थ अवस्था मेलाबाट थाहा पाइने हिसानका उपाध्यक्ष युवराज शर्माले बताए ।

थप तस्विर हेर्नुस्
edu fair (16)

edu fair (14)
edu fair (13)
edu fair (12)
edu fair (10)
edu fair (9)
edu fair (6)
edu fair (4)
edu fair (3)
edu fair (2)
edu fair (1)

edu fair (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment