Comments Add Comment

बढी शुल्क असुल्ने मेडिकल कलेज मालिकलाई तत्काल मुद्दा लगाऊ : गोविन्द केसी

७ चैत, काठमाडौं । डा. गोविन्द केसीले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी उनले कलेजहरुले विद्यार्थीलाई ब्ल्याकमेलिङ गरेर ठगी गरिरहेको भन्दै सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका हुन् । उनले विद्यार्थीसँग लिइएको अतिरिक्त शुल्क तत्काल ब्याजसहित फिर्ता गर्न र पठनपाठन सञ्चालन गर्न पनि माग गरेका छन् ।

मेडिकल कलेजहरुले दिनदहाडै ठगी गरेर कानुनी राज्यको उपहास गर्दा पनि कानुनी राज्यको रक्षा गर्ने जिम्मा लिएकाहरु त्यही ठगीको रकममा भागवण्डा गरेर रमाइरहेको केसीले आरोप लगाएका छन् । ‘यो ब्रम्हलुट बन्द गर्नका लागि पहिले न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेर बर्खास्तीको सिफारिश गरेका त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउँछौं’ उनले भनेका छन् ।

केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई तत्काल बर्खास्त गरी त्रिवि र केयूमा योग्य र इमान्दार व्यक्ति नियुक्त गर्न माग गरेका छन् । केयूले सरकारले तोकेकोभन्दा बढी शुल्क निर्धारित गर्दै मेडिकल कलेजको ठगीलाई वैधता दिएको उनले आरोप लगाए ।

उनले अगाडि भने ‘मेडिकल माफिया’हरुले चलाइरहेको अर्बौंको ठगी धन्दा तत्काल रोकी ठग र अपराधीहरुलाई तत्काल कारवाही तथा त्यस्तो अपराधबाट लाभ लिएर अपराधीहरुको संरक्षण गर्ने पदाधिकारीहरुलाई बर्खास्तीसमेतका कारवाही नगरिएमा कुनै पनि बेला सत्याग्रहसहित आन्दोलनका कार्यक्रम शुरु गर्ने जानकारी गराउँछौं ।’

यो पनि पढ्नुहोस् : बढी शुल्क असुल्ने मेडिकल कलेजले एक महिनाभित्र फिर्ता गर्नुपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment