Comments Add Comment

राजदूत पाण्डेद्वारा मलेशियाका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

७ चैत, काठमाडौं । राजदूत उदयराज पाण्डेले मलेशियाका राजा याङ डि पर्तुन अगोङ् समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

क्वालालम्पुरमा दरबारमै आयोजित एक विशेष समारोहबीच राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

कार्यक्रम लगत्तै पाण्डेले राजा पर्तुनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओली तथा नेपाली जनताको तर्फबाट राजा पर्तुनको स्वास्थ्य लाभको कामनाका साथै मलेशियाका जनताको प्रगतिको कामना गरेका थिए ।

राजदूत पाण्डेले आफ्नो कार्यकालमा नेपाल र मलेशियाबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन प्रयत्न गर्ने बताए ।

मलेशियामा ठूलो संख्यामा रहेका नेपाली श्रमिकहरुको उपस्थिति र दुबैतर्फका पर्यटकहरुको बढ्दो आवतजावतले दुई देशलाई जनस्तरमा जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

राजदूत पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राजा पर्तुनले पनि राष्ट्रपति भण्डारी र जनेपाली जनताको सुख, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

राजदूत पाण्डे यसअघि सन् २०११ देखि २०१५ सम्म साउदी अरेबियाका लागि नेपाली राजदूत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment