Comments Add Comment

६४ वर्षको पुरुषको लिंग प्रत्यारोपण

तthomas meaningअमेरिकामा पहिलोपटक एक पुरुषको सफलतापूर्वक लिंग प्रत्यारोपण गरिएको छ । बोस्टन शहरको म्यासाच्युसेट्स जनरल अस्पतालमा ती व्यक्तिको लिंग प्रत्यारोपण गरिएको हो ।

क्यान्सरका कारण ३ वर्ष पहिले लिंग गुमाएका ६४ वर्षीय थोमस मेनिंगमा कृत्रिम लिंग प्रत्यारोपण गरिएको छ । डाक्टरहरुले यो सफलतालाई चिकित्सा क्षेत्रमा कोशेढुंगा बताएका छन् । थोमस विश्वमा लिंग प्रत्यारोपण गरिएका तेश्रो व्यक्ति हुन् ।

डाक्टरहरुका अनुसार थोमसले केही महिनामै सामान्य तरिकाले पिसाब गर्न सक्नेछन् र यौन सम्पर्क पनि गर्न सक्नेछन् ।
झण्डै ५० जना विशेषज्ञ डाक्टरहरुको समूहले १५ घण्टा लगाएर थोमसको लिंग प्रत्यारोपण गरेको हो ।

अस्पतालका अनुसार गुप्तांगको चोट सधै प्राण्घातक नहुने भएपनि यससँग जोडिने मनोवैज्ञानिक चिन्ताले ठूलो भूमिका खेल्दछ । लिंग प्रत्यारोपित थोमसले न्युयोर्क टाइम्स सँगको अन्तरवार्तामा यौनांगमा पुग्ने नोक्सानीसँग जोडिने सामाजिक कुण्ठाहरुलाई हटाउनु आवश्यक हुन्छ ।

विश्वको चिकित्सा इतिहासमै सन् २०१५ मा एक पुरुषको लिंग प्रत्यारोपण गरिएको थियो । ती पुरुष अहिले बच्चाको बाउ समेत बन्न सफल भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment