Comments Add Comment

एक महिला उद्यमीको यात्राः आफूले गोडमेल गरेका बिरुवा हुर्किँदा आनन्द लाग्दो रहेछ

Gita-Bashyal

सम्मान र स्वतन्त्रता । पाल्पाकी गीता बस्याल दुई शब्दमा उद्यमशीलतालाई परिभाषित गर्छिन् । सम्मान उनी चाहन्छिन् आफ्नो समुदायमा र स्वतन्त्रता जून उद्यमको माध्यमबाट सम्भव छ ।

‘मेरा श्रीमानले कहिले कहीँ मसँगै पैसा माग्नुहुन्छ, उनी हाँस्दै भन्छिन् ।

पुरुषहरू नै हर्ताकर्ता रहिआएको समुदायमा हुर्किएकी गीता अहिले पाल्पामा महिला उद्ममीहरूको प्रेरणाकी स्रोत बनेकी छन् । उनले आफ्नो गर्वका साथ श्रीमानका साथै पुरा परिवारको खर्च धानेकी छन् ।

गीतासँग अहिले १ हजार ३०० कुखुरा, ४ हजार ५०० गोलभेँडाका बोट र ३०० काँक्रोका बिरुवा छन् । निकट भविश्यमै १० हजार कुखुरा पाल्ने उनको योजना छ ।

Gita-Bashyal-form

तर, यसो गरिरहँदा उनी आफ्नो परिवारको हेरचाहमा कुनै कमी हुन दिन चाहन्नन् । उनका लागि उद्यम जति महत्वपूर्ण छ, परिवार त्यो भन्दा बढि । ‘तर दुवै भूमिका एकैसाथ निभाउन गाह्रो पोहुँदो रहेछ’, उनी स्विकार्छिन् ।

उनले अघि भनिन्, ‘जब आफूले गोडमेल गरेका बिरुवा हुर्किन्छन्, तब छुट्टै आनन्द लाग्दो रहेछ ।’

गीताको उद्यमशीलता यात्रा तब सुरू भयो, जब उनले एक क्यानडेली प्रोफेसरलाई भेटिन् । उनका शब्दहरू अझै पनि गीताका कानमा गुज्जिन्छन्, ‘भावी पुस्ताले सुखपूर्ण जीवन व्यतित गर्नेका लागि अहिलेको पुस्ता परिश्रम र त्याग गर्न तयार हुनुपर्छ ।’

उनी भन्छिन्, हरेक दिन उस्तै जाँगरका साथ काम गर्ने जोस उनलाई यही सोचले दिन्छ । उनलाई थाहा छ कि उनका २ छोरा-छोरी पढाउनु छ र उनीहरूको रूचिको काममा लगाउनुछ ।

उनकी छोरीले छनोट गरेको करियार पनि गीताले आफ्ना भावी पुस्ताका लागि कुनै कसर छाडेकी छैनन् भन्ने कुराको जीवन्त उदाहरण हुन् । उनी अहिले एमबीबीएस पढिरहेकी छिन्, त्यो पनि आफ्नै आमाको खर्चमा !

Gita-Bashyal-1

आफ्ना छोरा-छोरीको भविश्य उज्वल पार्नु उनको पहिलो उद्देश्य हो, अन्तिम भने होइन । उनी आफ्नो सम्बृद्धि अरूसँग बाँड्न चाहन्छिन् सकेसम्म बढीलाई रोजगारी दिएर । उनको चाहना छ कम्तीमा १५-२० जनालाई रोजगारी दिने, ताकी उनीहरूले पनि आफ्ना सन्ततिको भविश्य बनाउन सकून् । यी विषयमा उनको परिवार पनि एकमत छ ।

गीताले जतिको पारिवारिक सहयोग पाएकी छिन्, दुर्भाग्यवस पाल्पामै सबै महिलाले पाउँदैनन् । आफ्नै उद्यम सुरू गर्ने उर्जा भएका महिलाहरूले थुप्रै अप्ठ्याराहरूको सामना गर्नुपर्छ । सरकारी सेवा सुविधामा पहुँचको कुरो त टाढाको विषय हो, उनीहरूको आफ्नो श्रीमानको पूर्ण सहयोगमा ‘पहुँच’ हुँदैन ।

तर, गीता बस्याल जस्ता दृढ निश्चय र अटल आत्म विश्वास हुने महिलाहरूका लागि आफ्नै उद्यम सुरू गर्नु गाह्रो त होला तर, असम्भव भने छैन । सरकारी र सामुदायिक सहयोग नगन्य हुँदा त गीता बस्यालहरू अघि बढिरहेका छन् भने, यी दुवै चिज उपलब्ध हुँदो हो त थप कति महिला उद्यमी अघि बढ्न सक्लान् ? अनुमान गर्न पनि गाह्रो छ !

दायित्वको सहयोगमा तयार पारिएको यो आलेख अनलाइनखबर अंग्रेजीबाट अनुवाद गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment