+
+
Shares

काँग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १ गते ११:२९
निर्मला गच्छदार

१ जेठ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्मलाको महत्वपूर्ण योगदान रहेको मुख्यसचिव पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?