+
+
Shares

रिलिजको पहिलो दिन सलमानको ‘राधे’लाई ४२ लाख भ्यूज

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १ गते १५:२८

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ हलमा र ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । यो चलचित्रलाई समिक्षक र दर्शकले खराब रेटिङ दिएका छन् । सलमानको करिअरकै झुर चलचित्रको रुपमा यसलाई विश्लेषण गरिएको छ ।

तर, यो चलचित्रलाई दर्शकले भने उल्लेख्य साथ दिएका छन् । यो चलचित्रलाई भारतमा ओटीटी र डीटीएच प्लेटर्फमबाट रिलिज गरिएको थियो । यो चलचित्रले डिजिटल माध्यममा सर्वाधिक धेरै हेरिएको चलचित्रको रेकर्ड बनाएको छ ।

यो चलचित्रलाई रिलिजको पहिलो दिन ४२ लाख भ्यूज मिलेको छ । सलमानले सामाजिक संजालमा पोष्टर शेयर गर्दै दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

प्रभु देवाको निर्देशनमा तयार भएको यो चलचित्रले पहिलो दिन ओभरसिज मार्केटमा ४ करोड भन्दा बढीको व्यापार गरेको छ । चलचित्रमा सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदिप हुड्डा लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?