Comments Add Comment

आकांक्षी मिलाउन देउवालाई सकस

sherbahadur deuba१० जेठ, काठमाडौं ।  आकांक्षी धेरै भएपछि नेपाली कांग्र्रेस सभापति शेरबहादुर देउवाले महाधिबेशन सकिएको लामो समय बित्दा पनि केन्द्रिय समितिलाई पूर्णता दिन सकेका छैनन ।

पार्टीका अन्य निकाय गठनमा समेत अन्योल बढेको आजको नागरिक दैनिकले जनाएको छ ।

उपसभापति, महामन्त्री सहमहामन्त्रीमा आफू निकटकै झण्डै एक दर्जन नेताले आकांक्षा देखाएपछि देउवा अप्ठेरोमा परेका हुन ।

पार्टी पदाधीकारीमा मनोनयनका लागि निकट नेता बिच जुटाउने उनको कसरत अझै पुगेको छैन । उप सभापति पदमा मात्रै देउवा निकट विमेन्द्र निधी, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठले दाबी गरिरहेका छन् ।

देउवा नेता निधिलाई उपसभापति प्रस्ताव गर्ने पक्षमा रहेको दबी गर्दै निकट एक नेताले उनी समय लम्ब्याएर भए पनि आन्तरिक समीकरण मिलाउन लागिपरेको बताए ।

यसमा खुमबहादुर खड्कालाई उपसभापति नदिँदा उक्त पक्षले कस्तो प्रतिक्रिया जनाउँछ, त्यसले आन्तरिक समीकरणमा कस्तो असर गर्छ भन्ने मात्र समस्या भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment